कैलाली , २१ मंसिर । कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५१ नमूना जाँच गर्दा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पातलका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार हाल अस्पतालमा चार जना संक्रमितको उपचार भइरहेको छ ।