• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सामाजिक विकास मन्त्रालयका ‘मोडिफाई’ एम्बुलेन्स आफै थलिए, धमाधम फिर्ता गरिदै

धनगढी, २१ मंसिर । धनगढीस्थित सामाजिक विकास मन्त्रालयले २ वर्ष अघि एम्बुलेन्स खरिद गरी सुदूरपश्चिम प्रदेशका सबै जिल्ला अस्पताल र केही पालिकालाई वितरण ग(यो । पहाडी जिल्लामा एम्बुलेन्सको पहुँच पु(याउने उद्धेश्यले खरिद गरिएका ती एम्बुलेन्स अहिले पहाडमै थन्किएका छन् ।

धनगढी र महेन्द्रनगरका अस्पतालसम्म बिरामी ल्याउन सक्ने अवस्थामा छैनन् । ती थोत्रिएर आफै थला परेजस्ता भएका छन् । कति त बिग्रेर सडक मै छाडिएका छन् । पुराना ट्रकलाई मोडीफाई गरी एम्बुलेन्स बनाएको भन्दै प्रदेश सरकारको त्यतिबेला पनि आलोचना भएको थियो ।

अहिले कतिपय एम्बुलेन्स कामनै नलाग्ने भएपछि चर्चा फेरी बढेको छ । कतिपय पालिकाहरुले एम्बुलेन्स मन्त्रालय मै फिर्ता गरेका छन् । केही गाउँपालिकाले फिर्ताको तयारी गरेको जनाएका छन् ।दार्चुलाको दुहुँ गाउँपालिकालाई दिएको एम्बुलेन्स सडकमै थन्किएको छ ।

प्रदेश सरकारले दिएको एम्बुलेन्स सञ्चालन गर्न सकिने अवस्था नरहेको दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र कार्कीले बताए । ‘उच्च पहाडी क्षेत्रका कच्ची सडकहरुमा चलाउनै सकिदैन्, कालोपत्रे सडक कहाँबाट ल्याउने रु,’ उनले भने, ‘५्७ महिनादेखि सञ्चालन गरेका छैनौं । बिग्रिएर बाटो मै छ ।’

एम्बुलेन्स सञ्चालन गर्दा इन्धन तथा मर्मत खर्च बढी लाग्ने गरेको उनको भनाई छ । ‘कोभिडको समयमा चलाएका थियौं, मर्मतमै ८÷१० लाख खर्च भयो,’ उनले भने, ‘धनगढी जान मात्रै ८० लिटर डिजल खर्च हुन्छ, त्यो एम्बुलेन्स कसरी चलाउने रु’

एम्बुलेन्स मर्मत गरी मन्त्रालयलाई फिर्ता गर्ने तयारी गरेको उनले बताए । ‘त्यो एम्बुलेन्सलाई पाल्न सक्दैनौं,’ उनले भने, ‘मन्त्रालयमै फिर्ता दिन्छौं ।’ अहिले एम्बुलेन्सलाई महाकाली नगरपालिका–सिरबगडमा राखिएको छ । गाउँपालिकाले बिरामीलाई जीपमा बोकेर सेवा दिने गरेको छ ।

यसैगरी बैतडीको डिलाशैनी गाउँपालिकाले पनि एम्बुलेन्स मन्त्रालयलाई दिएर सानो एम्बुलेन्स माग्ने तयारी गरेको छ । एम्बुलेन्स धेरै खर्चिलो भएकाले फिर्ता गरेर सानो एम्बुलेन्स माग्ने तयारी गरेको डिलाशैनी गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष अक्कल रानाले बताए ।

‘त्यो एम्बुलेन्सबाट बिरामीलाई सेवा दिन सकिने अवस्था छैन्,’ उनले भने, ‘त्यो एम्बुलेन्स सबै वडामा जादैन्, मर्मतमा पनि धेरै खर्च लागिरहेको छ ।’ पहाडी जिल्लामा वितरण गरिएका ४ वटा एम्बुलेन्स फिर्ता भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए ।

उनका अनुसार फिर्ता भएका एम्बुलेन्स तराइमै प्रयोग गरिएको छ । पुनर्वास स्वास्थ्य चौकी, स्वास्थ्य कार्यालय कैलाली, गड्डाचौकी हेल्थ डेस्क र धनगढी उपमहानगरपालिकालाई फिर्ता भएका एम्बुलेन्स दिएको उनले बताए ।

‘पहाडमा चलाउन सक्दैनौं भनेर ती एम्बुलेन्स फिर्ता भएका हुन्,’ उनले भने, ‘उति बेला एम्बुलेन्स मागे, अहिले खर्चिलो भयो भनेर फिर्ता गरिरहेका छन् ।’ सामाजिक विकास मन्त्रालयले २०७६ साल पुसमा १६ एम्बुलेन्स खरिद गरी वितरण गरेको थियो ।

९ वटै जिल्ला अस्पताल र केही पालिकामा एम्बुलेन्स वितरण भएका थिए । सामाजिक विकास मन्त्रालयले दिएका एम्बुलेन्सको ब्रेक नलाग्ने, ब्रेक लगाउँदा झट्का दिने, ओरालोमा गाडी तात्तिएर गन्हाउने, मोडमा घुमाउन गाह्रो हुने, गति लिन खोजे पल्टिनेलगायतका समस्या देखिने गरेको चालकहरुको गुनासो छ ।

मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.