धनगढी ,२० मंसिर । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५८ नमुना परिक्षण गर्दा थप ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।
हाल अस्पतालमा ७ जना संक्रमित विरामीको उपचार भइरहेको छ । जसमध्ये आइसियुमा ६ र भेन्टिलेटरमा एक जना संक्रमित विरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ ।