बैतडी, २० मंसिर । बैतडीको शिवनाथ गाउँपालिकाले महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई रेडियो बितरण गरेको छ । राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा महिलाहरुलाई पालिकाबाट रेडियो सहित बिभिन्न समाग्रीहरु बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
सुचना प्राप्त गर्नको लागि सहज होस भन्दै सोलारबत्तीको सुबिधा भएको रेडियो, झोला तथा स्वीटर बितरण गरिएको गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दले जानकारी दिईन् ।
स्वास्थ्य स्वयमसेविकाहरुको कामलाई सम्मान गर्दै पालिका सेवाक्षेत्रभित्र काम गर्दै आएका ४७ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरिएको उनले बताए । यसैगरी १६ दिने लैङ्गीक हिंसा न्युनिकरण अभियान अन्तरगत बक्तीत्वकला प्रतियोगिता पनि सम्पन्न भएको छ ।