धनगढी, १९ मंसिर । कञ्चनपुरको एक पसलमा आगलागी भएको छ। जिल्लाको बेलडाँडी गाउँपालिका –२ चवन्नी बजारका मनोज घिमिरेको वर्षा सुनचाँदी पसलमा आगलागी भएको प्रहरीले बताएको छ।
शनिबार ग्याँस सिलिण्डरबाट आगलागी हुँदा पसलका विभिन्न सामान जलेर करिब ४ लाख रुपैयाँ बराबरको क्षती भएको बताइएको छ। प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।