सुखड १५ मंसिर/तस्बिरमा देखिएको दृष्य हेर्दा बिधुत कार्यालयलाई जिस्काई रहेको छ । यो दृष्य हो कैलालीको पूर्व पश्चिम राजमार्गमा पर्ने घोडाघोडी नगरपालिका–१०, पहलमानपूर बजार नजिकै पूर्व पट्टीको । तस्वीर हेर्दा कसैलाइ बिधुत कार्यालयको खिल्ली उडिरहेको छ । यस्तो जोखिमपुर्ण तरिकारले बिद्युतको तार रुखमा बाधिएको छ ।
नेपाल विद्युत प्राधिकरण भजनी वितरण केन्द्र पहलमानपुर नो लाइट सेवा पहलमानपुर, कैलाली द्धारा वितरण गरिएको विद्युत प्रवाह २४सै घण्टा भैरहने एचपि प्रसारण लाइन मा ढलेको रुखले महिनौं दिन देखि सबैलाइ गिज्जाइ रहेको छ ।
यसोत विद्युत पोल खम्बा र बिधुत प्रवाह हुने तारलाइ समेत नराम्रो संग असर गरिरहेको छ । तर विडम्बना यो रुख ढलेको महिनौ दिन भैसकेको छ । यो एक केवल तस्वीर मात्र होइन, बिधुत चुहावटमा सरोकार राख्ने निकाय नेपाल विद्युत प्राधिकरणले यस तर्फ के कति ध्यान दिइरहेको छ भन्ने एक गतिलो उदाहरण पनि हो ।
