अछाम, १४ मंसिर । अछाममा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । अछाम सदरमुकाम मंगलसैनबाट धनगढीका लागी छुटेको ना ६ ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै दुर्घटना हुँदा २ जनाको ज्यान गएको जानकारी पाएको प्रहरीले जनाएको छ ।
बसमा कति जना सवर थिए भन्ने एकिन छैन । बस उल्टो फर्किएकाले धेरैको ज्यान गएको हुन सक्ने आशँका गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।