धनगढी, १३ मंसिर/प्रेस सेन्टर सुदूरपश्चिम प्रदेश अध्यक्षमा भुवन बोहरा चयन भएका छन् । आज भएको सेन्टरको दोस्रो प्रदेश अधिवेशनबाट बोहराको नेतृत्वमा १४ जना पदाधिकारी सर्बसम्मत चयन भएका छन् ।
वरिष्ठ उपाध्यक्ष सम्राट सिह, खुल्ला उपाध्यक्ष पदम बोहरा, समावेशी उपाध्यक्ष प्रेम नेपाली, सचिव कर्ण बहादुर चन्द, खुल्ला सचिव लखन बहादुर चौधरी, मोहन बिष्ट, हरिश नेपाली, दलित सचिव समावेशी सुरेन्द्र ताम्राकार, जनजाती सचिव पहिलाद राना, मधेशी सचिव धनराज बिक, महिला सचिव सोभा नेपाली, सचिव शान्ती बोहरा, कोषाध्यक्ष घन्श्याम पौड्यल चयन भएको पत्रकार धर्मराज कठायतले जानकारी गराउनु भयो ।