धनगढी ११ मंसिर/सारथी अस्पतालले धनगढीमा संचालन गरेको निःशुल्क एक दिने मुटु स्वास्थ्य शिविरमा एक हजारले नागरिकले स्वास्थ्य सेवा लिएका छन् । सारथी अस्पतालको आयोजनामा लायन्स क्लव अफ सारथी र रुडुक कैलालालीको सहयोगमा सो स्वास्थ्य शिबिर संचालन भएको थियो । प्राध्यापक डाक्टर भगवान कोइरालासहित अन्य १५ जना मुटु रोग विशेषज्ञको टोलीले निुशल्क रुपमा धनगढी स्वास्थ्य शिबिरमा चेकजाच गरेको सारथी अस्पतालका निर्देशक वेदप्रकाश जोशीले बताए।
निशुल्क संचालन गरेको शिबिरमा आम नागरिक देखी मन्त्री, स्थानिय तहमा प्रमुख सम्मले स्वास्थ्य जाच गरेका थिए । ‘यस्ता खालका स्वास्थ्य शिबिरले धनगढीका नागरिकलाई निकै राहत भएको छ’ धनगढीका नगरप्रमुख नृपबहादुर वडले भने–‘नगरिकलाई निशुल्क स्वास्थ्य शिबिर संचालन गरेको प्रती सारथी अस्पताललाई धन्यवाद छ ।’ सबैले महगो अस्पतालमा उपचार गराउन सम्भव नभएकोले यस्ता खालका स्वास्थ्य शिबिरले नागरिकले केही राहत पाएको नगरप्रमुख वडले बताए । आम नागरिकको माग अनुसार स्वास्थ्य शिबिर संचालन गरेको रुडुक कैलालीकी अध्यक्ष ममता शाहले बताईन् ।
