• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बहुलाहा कुकुरले टोक्दा दुई दिनमै १८ जना घाइते

कञ्चपुर, ३ मंसिर । शुक्लाफाँटा नगरपालिका–४ र ११ का १८ बासिन्दालाई बहुलाहा कुकुरले टोकेर घाइते बनाएको छ । बुधबार र बिहीबार गरी दुई दिनको अवधिमै उनीहरुलाई घाइते बनाएको हो । वडा नं ४ का १२ र ११ का ६ जनालाई कुकुरले टोकेको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार घाइते सबैको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ । कुकुरले २१ पशुचौपायालाई समेत टोकेको छ । स्थानीय बासिन्दाका अनुसार तीन बङ्गुर, दुई बाख्रा, एक पाडी, सात कुकुर तथा सात गोरुलाई समेत कुकुरले टोकेको छ ।घाइते हुनेमा वडा नं ४ का ६० वर्षीय हरिसिंह राना, १० वर्षीया बालिका रोशनी राना, १८ वर्षीया रविना राना, १५ वर्षीय आकाश राना र २३ वर्षीय रविशना राना छन् ।

यसैगरी, ७ वर्षीय जेन राना, २९ वर्षीया ममता राना, १२ वर्षीय सुशील राना, ८ वर्षीय सुशान्त राना, ३० वर्षीय वीरेन्द्ररी राना, ९ वर्षीया लक्ष्मी राना र ६ वर्षीय जेनिस राना छन् । घाइते भएकाहरुलाई एम्बुलेन्समा राखेर उपचारका लागि अस्पताल पु¥याएको पीपलाडी स्वास्थ्य चौकीका एम्बुलेन्स चालक गौरे लुहारले जानकारी दिए । उनका अनुसार स्थानीय बासिन्दाले चार कुकुरलाई मारेका छन् ।

वडाध्यक्ष ज्ञानबहादुर बिष्टले कुकुरले सर्वसाधारण र चौपायालाई टोक्न थालेपछि नगरपालिकाको पशु शाखालाई नियन्त्रणका लागि पहल गर्न जानकारी गराइएको बताए । “पशु शाखालाई जानकारी गराइसकेका छौँ,” उनले भने, “वडा क्षेत्रमा छाडा कुकुर धेरै छन् । सबैलाई रेबिजविरुद्धको सुई लगाउनका लागि कार्य अगाडि बढाउन भनेको छु ।”

वडा नं ११ कलुवापुरका ५० वर्षीय राजबहादुर सेटी, ४० वर्षीया मन्जरी साउँद, ३२ वर्षीया लक्ष्मी नाथ, २५ वर्षीय रमेश सेटी र ५५ वर्षीय रामबहादुर ऐरलाई कुकुरले घाइते बनाएको छ । घाइते सबै जनाको सो अस्पतालमा उपचार भइरहेको छ ।

कुकुरले बाटोमा हिँड्नेहरुलाई र घरमै बाँधिएका पशुचौपायालाई टोक्न थालेपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् । बाह्य क्षेत्रमा हिँड्डुल गर्नसमेत डराएर हिँड्नुपर्ने अवस्था सृजना भएको छ । विशेषगरी विद्यालय जाने बालबालिलाई विद्यालय पठाउनसमेत अभिभावक डराउन थालेका छन् । बहुलाहा कुकुर नियन्त्रण गर्नका लागि पशु शाखाबाट टोली परिचालन गरिने नगरप्रमुख दिलबहादुर ऐरले बताए ।

शुक्रबार, मङि्सर ०३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.