• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बाजुरा प्रशासनले निर्धारण गरेकोे भाडाप्रति जीप व्यवसायीको आपत्ती

बाजुरा, १ मंसिर । जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको सार्वजनिक भाडादरप्रति जीप व्यवसायीले आपत्ति जनाएका छन्। मार्तडी–कोल्टी र कवाडीसम्मको भाडा दर प्रशासनले व्यवसायीहरुको पीडालाई दृष्टिगत नगरी मनोमानी ढङ्गले निर्धारण गरेको भन्दै यातायात व्यवसायीले आपत्ति जनाएका हुन्।

जिल्ला प्रशासन कार्यालयले कात्तिक २२ गते जिल्लाका सम्पूर्ण सडकमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको आवतजावतमा भाडा निर्धारण गरेको थियो। प्रशासनले मानोमानी ढङ्गले व्यवसायीको पीडालाई दृष्टिगत नगरी भाडा दर कायम गरेको र यस सडक खण्डमा चल्ने सवारी साधनलाई भौगोलिक विकटता तथा सडकको समयमा नै मर्मत हुन नसक्दा जोखिम पूर्ण सडकमा जिप सेवा सञ्चालन गर्नु पर्दा निकै समस्या भएको बूढीनन्दा यातायात प्रालिका उपाध्यक्ष मीनबहादुर बोगटीले बताए।

“सडकका बीचमा ठूला खाल्डा समेत फिलिङ गरेको छैन्, त्यसैमा झनै सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र गाडी मर्मत सेन्टरको कालोबजारीलाई दृष्टिगत नगरी व्यवसायीलाई मात्र भाडा घटाउन दबाब दिएकाप्रति आपत्ती छ”, स्वामिकात्तिक मानोसरोवरका महासचिव दाबा गुरुङले भने।

सम्बन्धित निकायले जिप व्यवसायीका सवाललाई दृष्टिगत गरी समयमै सहमति पूर्ण वातावरण सिर्जना नगरुन्जेलसम्म सेवा सञ्चालन नगर्ने प्रशासनलाई मङ्गलबार प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण गराइएको छ।

प्रशासनले भाडादर हेरफेर नगरे थप आन्दोलन र यातायात सेवा सञ्चालन नगर्ने बूढीनन्दा यातायात प्रालिका उपाध्यक्ष बोगटी, महासचिव जयस्थिति मल्ल, स्वामीकार्तिक मानसरोवरका महासचिव गुरुङ र जय मालिका यातायात सेवा प्रालिका काउन्टर इन्चार्ज मनोज रोकायाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण गराइएको छ। RSS

बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.