मुगु, ३० कार्तिक । मुगुको छायानाथ रारा वडा नम्बर १ गमगढी स्थित तल्लो बजारमा आगलागी हुँदा बिस वटा घर जलेर नष्ट भएका छन् ।
गएराति करिब १२ बजे तिर लागेको आगो ५ घण्टा पछि मंगलबार बिहान नियन्त्रणमा ल्याइएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभए पनि स्थानीयको करोडौँ मूल्य बराबरका मालसामान जलेर नष्ट भएका छन् ।
जिल्लामा दमकल नभएर नेपाली सेना, प्रहरी लगायत स्थानीय बासिन्दाहरूको प्रयासमा आगो नियन्त्रणमा ल्याइएको मुगुका पत्रकार विनोद कुमार मल्लले जानकारी दिए ।