धनगढी, ३० कार्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनसँगै ३० गते अर्थात आज नेपाल बन्दको घोषणा गरेको हो ।
नेकपा महासचिव चन्दले गत बिहीवार वक्तव्य जारी गर्दै यस्तो घोषणा गरेका थिए । कात्तिक २४ गेतबाट पाँच दिनसम्म विभिन्न आन्दोलन गरेपछि ३० गते नेपाल बन्द गर्ने वक्तव्यमा उल्लेख छ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिले जनमानसका दैनिकीमा प्रभव पार्ने भएकाले यसको फिर्ताको माग गर्दै आन्दोलनको घोषणा गरिएको हो ।