धनगढी, २८ कार्तिक/कुशल छायाकंनकार तथा गायीका कृष्णा सिराडीले धनगढी स्थित बेसाहाराहरुलाई साहारा दिइरहेको मानवसेवा आश्रममा आफ्नो जन्मदिन मनाएकी छिन् । आश्रामा रहेका साहारा बिहिनहरुका लागी खाद्यान्न, फलफुल लगायत सामग्री उपलब्ध गराउँदै कृष्णाले जन्मदिन मनाएकी हुन् ।
सुदूरपश्चिममा बिगत बषौँदेखी गायन तथा छायाकंन क्षेत्रमा सक्रिय कृष्णाले बिगतदेखीनै जन्मदिनको अवशरमा पुण्य कार्य स्वरुप असहाय, बेसाहारा लगायतलाई साहारा दिइरहेका संस्थाहरुलाई सहयोग गर्दै आइरहेकी छिन् । आश्रमका सञ्चालक सदस्य आदर्श ढकाललाई सो सामग्री हस्तान्तरण गर्दै उनले सबैलाई सहयोगका लागी अपिल गरेकी छिन् ।
मरी लानु के छ र मसंगपनि धेरै सम्पति भएको कहाँ हो र उनले भनिन् ‘धन होइन मन ठुलो हुनुपर्छ सामान्य काम गरिरहेकी म धेरै सहयोग त कहाँ गर्न सक्छु र जन्मदिनको अवशर पारेर केही सहयोग गर्ने मन लाग्यो र सानो सहयोग यो मानवसेवा आश्रममा गरेकी हुँ, मेरो थोरै सहयोगले एक छाक खाना पकाउन यो आश्रमलाई पुग्ने छ ।’
मानव भएर समाजमा हुर्किसकेपछि मानविय दायित्व पुरा गर्नुपर्छ उनले भनिन् ‘मैले सहयोग भन्दापनि समाजमा सकारात्मक शन्देस दिन खोजेकी हुँ हामीले यस्ता ठाउँमा सहयोग गर्नुपर्छ फजुल खर्च गर्नुभन्दा यस्ता ठाउँमा सहयोग गरे सबैले सहज जिवन बाँच्न पाउँछन् ।’मानवसेवा आश्रममै पुगेर सहयोग गर्दै जन्मदिन मनाएकी कृष्णालाई सुभकामना दिदै सिखर आट्सका प्रबन्ध निर्देशक तथा बरिष्ठ सिनेकर्मी राजकुमार जोशीले यस्ता क्षेत्रमा सबैले सहयोग गर्नुपर्ने बताए । हामीसंग धन सम्पति धेरै नहोला मन त ठुलो छ नी जोशीले भने ‘हामी जस्तै मानिसहरुले यस्तै जन्मदिन, बैबाहिक बर्षगाँठ जस्ता कार्यक्रम धुमधामका साथ होटेल, प्यालेसमा नमनाई यस्ता ठाउँमा मनाए पक्कै यहाँ आश्रित मानिसहरुले भोकै बस्नुपर्ने बाध्यता हट्ने छ ।’
यस्तै सुप कला प्रतिस्ठानका महासचिव गुणाकर पनेरुलेपनि जन्मदिनको अवशरमा मानवसेवा आश्रममा सहयोग गरेको भन्दै कृष्णालाई धन्यबाद दिए । यस्तै पुण्य कामले मान्छे ठुलो बन्ने, प्रगतीपथमा जाने पनेरुको भनाई थियो । यस्ता सहयोग सबैलाई गर्न समेत उनले आग्रह गरे । आश्रमका सञ्चालक सदस्य आदर्श ढकाललले आश्रममा आएर सहयोग सहित जन्मदिन मनाएकोमा कृष्णालाई धन्यबाद दिए । यस्तै सहयोगीहरुबाट यहाँ आश्रितहरुलाई पाल्न सहयोग पुगेको उनले बताए ।
