• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सकियो तिहार, सुरू भयो जाँत

धनगढी, २१ कार्तिक । सुदूरपश्चिममा तिहारको रमझम सकिए लगत्तै देवी देवताका जाँत ९जात्रारमेला पर्व० सुरु भएका छन्। तिहार लगत्तै सुदूरपश्चिममा कूल देवताका तिथिअनुसार पूजाआजाका साथै मठ मन्दिरमा जाँत सुरू हुने गर्छ।

तिहारको दोस्रो दिनदेखि सुरु हुने जाँतमा अहिले पुख्र्यौली घर जानेहरुको घुइँचो लाग्न थालेको छ। पहाडबाट तराईमा बसाइँ सरेकाहरू अहिले जाँतका लागि पुख्र्यौली थलो फर्कन थालेका छन्।

जाँतका लागि पुर्ख्यौली घर डोटी जाने तयारी गरिरहेको बताउँदै धनगढीका शंकर जोशीले भने, ‘हरेक वर्ष कूलपूजा गर्न पहाड जाने गर्दछु।’ तराईमा बसोबास गरिरहेका पहाडी समुदायका प्रायः मानिस जाँतमा पुर्ख्यौली घर जाने गर्दछन्।

कार्तिक शुक्ल तृतीयादेखि देवी देवताका तिथि पर्ने भएकाले पहाडमा तिहार लगत्तै जाँत सुरु हुने गरेको पण्डित तीर्थराज ओझा बताउँछन्। ‘आ–आफ्नो देवताको तिथि अनुसार जाँत हुने गर्दछ,’ उनले भने, ‘त्यही तिथि अनुसार पर्ने जाँतमा तराई बसोबास गर्नेहरु पहाड पुग्ने गर्छन्।’

डोटीमा शैलेश्वरी, लानाकेदारेश्वरको बडिकेदार, मान्नाकापडीको दिउसेडी जाँत, भागेश्वर बरालगाउँ जाँत र अलाडी जाँत डुम्राकोट सेराकी जाँत, बासुदेवीको देउकाडाकी जाँत, तिखातरको लोलीकी जाँत, मुडभरा धुर्कोटकी जाँत फुर्सिल जाँत लाग्ने गर्दछन्। त्यस्तै यतिबेला नै अछामको डौठेगडा, बर्तादेवी, डडेल्धुराको उग्रतारा र धुरा, दार्चुला र बैतडीमा समेत ठूलो मेला लाग्ने गर्दछ। रोजगारीका लागि भारत पुगेकाहरू समेत कूलपूजा गर्न कार्तिक पूर्णिमाका दिन अछाममा लाग्ने डौठेगडा जात्राका लागि फर्किन थालेका छन्। दशैं तिहारमा घर नफर्केकाहरु डौठेगडामा हुने जाँतका लागि फर्कने गर्छन्।

दक्षिण डोटीको प्रसिद्ध तीर्थस्थलका रुपमा रहेको बडिकेदारका लागि पनि तराईका साथै भारतको उत्तरप्रदेशबाट समेत तमामौ तीर्थालु भक्तजनहरु जात्रा भर्न आउने गर्छन्। यस क्षेत्रमा गौरा र जाँतलाई विशेष पर्वका रुपमा लिने गरेकाले पनि दशैं र तिहारमा नफर्किएका परदेशीहरु समेत जाँतमा घर फर्कने गरेको संस्कृतिविद् डा। बद्री शर्मा बिनाडी बताउँछन्। ‘दसैं तिहारमा बिदा नपाएका परदेशीहरु कूल देवताको पूजाका लागि जाँतमा फर्कन थालेका छन्,’ उनले भने, ‘सुदूरपश्चिममा गौरापछि जाँतलाई कूल पूजाका लागि बढी आस्थाका रुपमा मान्दछन्।’

कुल पूजाका लागि मात्र नभई अन्य वरदान माग्नेहरु पनि यहाँका प्रशिद्ध देवस्थलमा पुग्ने गर्छन्। डोटीकै बडिकेदार जाँतमा पनि सन्तान प्राप्त नभएका तमाम दम्पतीहरु समेत पुत्र लाभको कामना गर्दै पुग्ने गर्दछन्। यसका साथै कूल पूजाका लागि मात्रै नभई तराईका थारू समुदाय र भारतको उत्तरप्रदेशका तीर्थालुसमेत यहाँ पुग्ने गर्छन्।

डोटीकै प्रसिद्ध एवम् दैवीय शक्ति पीठका रुपमा बडिकेदारलाई मानिने भएकाले यहाँ तमामौ तीर्थालुहरु आउने गरेको बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्द बताउँछन्।

आइतबार, कार्तिक २१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.