कैलाली,१३ कार्तिक । कैलालीका विभिन्न स्थानमा आज(शनिबार) विद्युत सेवा अवरुद्ध हुनेछ। टीकापुर वितरण केन्द्र अन्तर्गत पर्ने लम्की–टीकापुर २२ केभी ट्रंक लाइनमा बुस कटिङ गरिने भएकाले विद्युत सेवा अवरुद्ध हुने टीकापुर वितरण केन्द्रले जनाएको छ।
केन्द्रले जारी गरेको सूचना अनुसार लम्की सब स्टेशनसम्म वितरित टीकापुर, दुर्गौली–मुनुवा, सत्ती फिडर अन्र्तगतका लाइनल बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म अवरुद्ध हुनेछ। साथै उक्त कार्य समय अगावै सम्पन्न भएमा विद्युत आपूर्ति हुने बताइएको छ।