• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बझाङलाई विपद्‌ग्रस्त घोषणा गर्न माग

बझाङ, १३ कार्तिक । बेमौसमी वर्षाका कारण बाढीपहिरोले पुर्‍याएको क्षतिको अवस्था बुझ्न संघीय संसद्को विकास तथा प्रविधि समितिको टोली बझाङ पुगेको छ ।

समिति सभापति कल्याणी खड्काको नेतृत्वको टोलीले शुक्रबार सदरमुकाम चैनपुरका अन्तर्क्रिया गर्दै जिल्लावासीसँग सुझाव मागेको थियो । सहभागीले बझाङलाई निरन्तर बाढीपहिरोले तहसनहस पारेकाले विपद्ग्रस्त जिल्ला घोषणा गरिनुपर्ने माग गरे ।

कात्तिक पहिलो साताको बेमौसमी वर्षापछि आएको बाढीपहिरोले बझाङमा १२ जनाको मृत्यु भएको थियो भने १९ बेपत्ता छन् । ४ सयभन्दा बढी घर भत्किएका छन भने ८ सय ८६ परिवार विस्थापित छन् । जयपृथ्वी राजमार्गसहित सबैजसो ग्रामीण सडक ठप्प छन् भने विद्युत् अवरुद्ध छ ।

सदरमुकाम चैनपुरबाहेक जिल्लामा अन्त बिजुली छैन । २ हजार रोपनीभन्दा बढी खेतीयोग्य जमिन बगाएको प्रारम्भिक अनुमान छ । विपद्को १२ दिन बितिसक्दा पनि क्षतिको पूर्ण विवरण अझै तयार भइसकेको छैन ।

सेनाको हेलिकोप्टरमा आएको समितिको टोलीलाई प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जिल्लाको क्षतिको विवरण सुनाए । उनले भने ‘पुनर्निर्माण र पुनर्स्थापनाका लागि विशेष कार्यक्रम घोषणा गर्नुपर्‍यो ।’

बझाङकी सांसद आशा विकले जिल्ला नै छियाछिया भएको बताइन । ‘१५र२० वर्षयता विकासको क्षेत्रमा भएको लगानी सबै खतम भएको छ,’ उनले भनिन् ।

सभापति खड्काले सरकारलाई उचित सुझाव र निर्देशन दिने बताइन । नेपाल वायुसेवा निगमको नियमित उडान सञ्चालन र खाद्यान्नको व्यवस्थापनका लागि पनि पहल गर्ने आश्वासन उनले दिइन ।

सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन थापाले पुनर्निर्माण र पुनःस्थापनाका कार्यक्रम कसरी गर्न सकिन्छ भनेर सर्वपक्षीय छलफल गरेका छन् ।

शनिबार, कार्तिक १३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.