धनगढी ११ कार्तिक/पहिरोबाट ज्यान गुमाएका आफन्तले जोरायल गाउँपालिका डोटीले आर्थिक सहयोग गरेको छ । बिहिबार गाउँपालिका अध्यक्ष दुर्गा ओझाले मृतकका आफन्तलाई प्रति मृतक २५ हजारका दरले आर्थिक रकम हस्तान्तरण गरेका हुन् ।
कार्तिक पहिलो साता आएको बर्षाका कारण आएको पहिरोबाट डोटीको जोरायल गाउँपालिकामा सात जनाले ज्यान गुमाएका थिए । मृतक परिवारलाइै सामान्य काजकिरिया खर्च स्वरुप २५ हजार पिडितका आफन्तालाई आर्थिक सहयोग गरेका गाउँपालिका अध्यक्ष ओझाले जानकारी दिए ।
पहिरोबाट जोरायल गाँउपालिकामा वडा नम्बर ४का पुष्कार कामी, शेरबहादुर बिक, मोहन बिक, पबित्रा बिक, वडा नम्बर ३ नवलपुरका जोगी सार्की, झुपडी सार्की र वडा नम्बर १ घण्टेश्वरकी रबिना बिकले ज्यान गुमाएका थिए ।
गाउँपालिकाबाट सामन्य रकम पाएपछि स्थानिय सरकार भएको अनुभुती व्यक्त भएको जोरायल ४ सैगडाकी देवी कमीले बताईन् । पहिरोका कारण सबै गुमाएको पिडा सुनाउदै देवी कामीले मृतकका परिवारलाई सहयोग गर्नपनि सबैलाई अनुरोध गरेकी छिन् ।