धनगढी,९ कार्तिक । नेपाली काग्रेस वित्थडचिर गाउकार्य समितिले कटान, बाढी पहिरो, सडक लगायतका कारणले उच्च जोखिममा रहेको बस्ती स्थान्तरण गर्न माग गरेको छ ।
मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई नौ बु“दे ज्ञापनपत्र बुझाउ“दै उच्च जोखिममा रहेका बस्तीहरुलाई अध्ययन अनुसन्धान गरी उचित स्थानमा वस्ती स्थान्तरणसंगै गर्नुपर्ने माग गरेको हो ।
गत असोज ३१ गतेदेखि कार्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला सहित देशका केही भागमा भौतिक तथा मानविय क्षति भएको थियो । उनीहरुले गाउ“पालिकाका पहिरो प्रभावित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरे ।
‘
यस प्राकृतिक प्रकोपबाट भएको मानवीय क्षति, निजी धनजन लगायत प्राकृतिक क्षतिप्रति गम्भिर ध्यानाकर्षण भएको छ’ सो ज्ञापनपत्रमा भनिएको छ ‘जिल्लाका १२ वटै पालिकामा अबिरल वर्षापछि आएको बाढी, पहिरा, नदी, कटान तथा डुबान भए पनि यस वित्थडचिर गाउ“पालिकामा जयपृथ्वी राजमार्ग, कालगा नदी लगायतका साना नदीहरुको कटान तथा स्थानीय सडक निर्माणको कारण अझ बढी क्षति भएकाले यस पालिकाभित्र बस्ती स्थान्तरण, नदी तटबन्धन, पहिरो रोकथाम, स्थानीय प्रभावित परिवारलाई क्षतिपूर्ति, किसानलाई उचित राहत लगायतका समस्या समाधानका लागि ध्यानाकर्षण सहित क्षतिपूर्तिको माग गर्दछौ’
गाउपालिका सभापति चक्रबहादुर अधिकारीले बुझाएको ज्ञापनपत्रमा पहिरोमा परी ज्यान गुमाउने वित्थडचिर गाउ“पालिका वडा नम्बर ७ बस्ने ५८ वर्षिय धौले ढा“टका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र पालिका भित्र प्राकृतिक प्रकोपको कारण भत्किन पुगेका तथा क्षति भएका घर परिवारलाई आवासका लागि घर निर्माण गर्न उचित आर्थिक सहयोग उपलब्ध गराउन माग गरिएको छ ।
यस्तै, पालिका अन्तरगत जयपृथ्वी राजमार्ग तथा स्थानीय सडकको तत्काल मर्मत सम्भार एवं उचित ढल निर्माणको लागि विशेष व्यवस्था, कालंगा नदी तथा खोला किनारामा रहेका बस्ती खेतीयोग्य जमिन, वन जंगल जोगाउन तत्काल तटवन्धन निर्माणका लागि प्रदेशस्तरीय विशेष योजना तर्जुमा गरी कार्यान्वयन गर्न, वाढी, पहिरो तथा नदी कटानले खानेपानीका मुहानमा क्षति पुर्याई सरचना बगाएको हु“दा खानेपानी आयोजनाका लागि तत्काल आवश्यक योजना तर्जुमा गर्न, खेतीयोग्य जमिनको सिचाइका लागि निर्माण गरिएका नहर तथा कूलोहरुमा क्षति पुगेकाले उचित व्यवस्थापन गर्न लगायतका माग गरिएको छ ।
सभापति अधिकारीले आफूहरुले राखेका मागका बु“दा यथाशिघ्र पुरा गरिदिन अनुरोध गरे ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले अविरल वर्षाका कारण प्रदेशको बझाङ र डोटीमा बढी मानविय र भौतिक क्षति भएको बताए । उनले प्रदेशमा विपदमा परि ज्यान गुमाएका परिवारलाई राहात रकम र पहिरोबाट प्रभावित परिवारको उद्दार तथा राहात वितरणमा प्रदेश सरकार गम्भिर रहेको बताए ।
उनले प्रदेश सरकारले पहिरोबाट पूर्ण रुपमा घरमा क्षति पुगाएको परिवारलाई घर निर्माणका लागि ५० हजार रकम उपलब्ध गराउने बताए ।
‘
अहिले हामी पहिरोबाट क्षति पुगेको विवरणको लागत संकलन गरिरहेका छौं’ उनले भने –‘यकिन तथ्यांक आएपछि हामीले अन्य योजना अघि बढाउने छौं ।’