धनगढी,२ कात्तिक । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा मंगलबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५८जनाको नमूना परिक्षण गरिएकोमा ५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए । हाल अस्पतालमा ८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
जसमध्ये ४ जनाको आइसियुमा उपचार भईरहेको छ भने ३ जनाको भेन्टिलेटरमा उपचार भइएरहेको अस्पतालले जनाएकोे छ ।यस्तै पछिल्लो २४ घण्टामा ३ जना डिस्चार्ज भएका छन । भने २ जना अस्पताल भर्ना भएको अस्पतालले जनाएको छ ।
