• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कमेडी च्याम्पियनको ग्रान्ड फिनाले आज, को बन्ला च्याम्पियन ?

काठमाडौं, २ असोज । कमेडी च्याम्पियन सिजन–२ को ग्रान्ड फिनाले आज हुँदै छ । आज साँझ नियमित सेटमै ग्रान्ड फिनाले हुनेछ । साँझ ९ बजेबाट कार्यक्रम सुरु हुनेछ ।“९ बजेदखि कार्यक्रम सुरु हुनेछ । राति १० बजेबाट ग्रान्ड फिनाले सुरु हुनेछ,” निर्देशक विशाल भण्डारीले भने, “राति ११ बजेसम्म रिजल्ट सार्वजनिक भइसक्ने छ ।”

फाइनलमा भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापा पुगेका छन् । उनीहरु फाइनलका लागि भोट माग्न होम टाउन पुगेर फर्किसकेका छन् ।फाइनलका लागि भोट अपिल गर्दै भरतमणिले आफ्नै गाउँ–समाज र त्यहाँको सामाजिक जीवन शैलीप्रति व्यङ्ग्य गरेका थिए ।

बिक्कीले अघिल्लो श्रृंखलामा आफूले दिएको प्रस्तुतिप्रति निर्णायकको प्रतिक्रिया र प्रतिस्पर्धीसँगको आफ्नो सम्बन्ध तथा आफूले असअघि दिएको चर्चित प्रस्तुतीलाई लिंक गरेका थिए । अर्का प्रतिस्पर्धी सन्तोष थापाले भरतमणि र बिक्कीाप्रति दर्शकको लोभलाग्दो क्रेजेको चेपुवामा पर्दाको व्यङ्ग्यात्मक पीडालाई प्रस्तुतिको विषय बनाएका थिए ।

सन्तोषको यो प्रस्तुतिलाई निर्णायकले मन पराएका थिए । आफैंप्रति गरेको व्यङ्ग्यले उनीप्रति दर्शकको सहानुभूति प्रकट हुन सक्छ । जसले गर्दा अघिल्ला श्रृंखलाको अनुपातमा दर्शकको भोट उनलाई बढेको हुन सक्छ ।

भरतमणिले आफ्नो प्रस्तुतिमार्फत गाउँका लिम्बू समुदायलाई खुसी पार्ने प्रयास गरेका छन् । बाहुन–क्षेत्रीसँग तुलना गर्दै लिम्बू समुदाय दिलदार हुने उनले प्रस्तुतिमार्फत जनाएका थिए । यसलाई भोटका लागि गरेको चलाखी भनेर पनि अर्थ लगाउन सकिन्छ, भलै त्यो सत्य नै किन नहोस् ।

बिक्कीलाई नेपाल र नेपालबाहिरका नेपाली भाषीहरुको राम्रो साथ मिल्न सक्छ । रियालिटी शोहरुमा नेपालबाहिर बस्ने नेपालीभाषीहरुको बाक्लै आगमन हुने गरे पनि फाइनल पुग्ने उनी पहिलो व्यक्ति हुन् । त्यसैले यसको फाइदा उनले उठाउन सक्छन् ।तर, रियालिटी शोमा प्रतिभाको सधैँ सही मूल्यांकन हुन्छ भन्ने हुँदैन । कारण प्रतिस्पर्धीको प्रतिभासँगै जातीयता, भूगोल र ऊ र उसका आफन्तको आर्थिक अवस्थाले पनि फरक पार्छ ।

जसका पक्षमा धेरै भोट आउँछ भन्नेभन्दा पनि जसले धेरै भोट गराउन सक्छ उसको पल्ला भारी हुन्छ भन्ने यर्थाथ यस अघिका रियालिटी शोका अनुभवहरुले प्रष्ट पारिसकेका छन् । यही कमेडी च्याम्पियनमै गेष्ट पफर्मरका रुपमा आउने कमेडियनहरुले विजेता र उसले पाउने आकर्षक प्राइज कसरी जितिन्छ भनेर गरेको व्यङ्ग्यले पनि केही संकेत गर्छ । भलै त्यसमा सतप्रतिशत सत्यता नहोला तर प्रस्तुतिले गरेको संकेतलाई नजरअन्दाज गर्न सकिन्न ।

गत सिजनमा प्रत्यक्ष साथ नदिएका नेताहरुले यो पटक भने खुलेरै साथ दिएका छन् । आ–आफ्ना जिल्लाका नेताहरुले प्रतिस्पर्धीलाई साथ दिएका छन् । गोरखाका सन्तोष थापालाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको साथ छ । ताप्लेजुङका भरतमणिलाई पूर्व मन्त्री तथा एमाले नेता योगेश भट्टराईको साथ छ भने सिक्किमका बिक्की अग्रवाललाई मुख्य मन्त्री प्रेम सिंह तामाङको साथ छ । बिक्कीलाई मुख्य मन्त्री तामाङले ६ लाख आईसी दिएर सेमिफाइनल अगाडि नै भोटका लागि सहयोग गरेका थिए । अहिले पनि भोटको क्याम्पेनिङमा उनले सहयोग गरिरहेको कमेडी च्याम्पियन निर्देशक विशाल भण्डारी बताउँछन् ।

भरतमणिलाई योगेशले भोटका लागि अपिल नै गरेका छन् । उनले यसअघि नै आफ्नै पहलमा ६ लाख रुपैयाँको पुरस्कारको घोषणा गरिसकेका छन् । उक्त पुरस्कार कमेडी च्याम्पियनको सेटबाट बाहिर आएपछि हस्तान्तरण गर्ने बताइएको छ । “पहिलो सिजनमा पनि प्रतिस्पर्धीलाई नेताहरुले सहयोग नगरेका होइनन् । तर, यो वर्ष नेताहरुले खुलेरै सहयोग गरे,” निर्देशक विशाल भन्छन् ।

शनिबार, असोज ०२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एकहोरो हेराइ खै कता छ (गजल)
डोरेमिफा किड्स सिङ्गिङ प्रतियोगिता-२ मा कोरस तामाङ विजेता
धनगढीका जोशीको मुख्य अभिनय रहेको चलचित्र भागदौड प्रदर्शनमा

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.