धनगढी ,१५ भाद्र/ हास्यकलाकार जहित बुढाले सुदूरपश्चिममा पहिलो पटक उच्च क्वालिटीको क्यामेरा भित्र्याएका छन् । कैलालीको अत्तरियाका बुढाले सुदूरपश्चिममा सोनी अल्फा A1 ‘8k फ्लैगशिप मिररलेस मुभी क्यामेरा भित्र्याएका हुन ।
करिब २० लाखको लगानीमा क्यामेरा ल्याइएको हास्यकलाकार बुढाले बताए । ‘भिडिओ क्वालिटी धेरै राम्रो रहेको र अब ठूलो पर्दाको मुभी पनि यसैले खिच्न सक्ने ।’ उनले भने अब सुदुर पश्चिम् बाट केहि नयाँ गर्ने सोचका साथ क्यामेरा भित्र्याएको बताए ।
कृष्ण जन्माष्टमीको दिन अवसर पारेर क्यामेराको उद्घाटन समेत गरिएको छ । जानकी मन्दिर धनगढीमा एक कार्यक्रमकाबीच क्यामेराको उद्घाटन गरिएको हो । सो कार्यक्रममा सहभागी बरिस्ठ कलाकार राजकुमार जोशी ,
नृत्य निर्देशक भीम विष्ट (अछामी रेखा), नृत्य निर्देशक रमेश बिजुली,डोर्न पाइलट तथा क्यामेरामेन प्रकाश नागरी कलाकार भूपी उपाध्याय,हेमन्त भट्टराई , गुनाकर पनेरु मेगा भट्ट ,पुस्पा बडेला, कलाप्रेमी तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।
सुदूरपश्चिममा पहिलो पटक उच्च क्वालिटीको 8k क्यामेराबाट काम
सुदूरपश्चिममा पहिलो पटक उच्च क्वालिटीको 8k क्यामेराबाट काम