एजेन्सी/बलिउडका संगीतकार अनु मलिकमाथि संगीत चोरीको आरोप लागेको छ। भारतका सामाजिक संजाल प्रयोगकर्ताहरुले अनु मलिकमाथि इजरायलको राष्ट्रिय गीतको संगीत चोरेको आरोप लगाएका हुन्।
आइतवार टोकियो ओलम्पिक्समा इजरायललका खेलाडी डॉल्गोपायटले इतिहास रच्दै स्वर्ण पदक जितेका थिए। उनको जितसँगै इजरायललको राष्ट्रिय गीत हातिकवाहु बजाइएको थियो। इजरायलको राष्ट्रिय गीत सुनेसँगै भारतीयहरुले संगीतकार अनु मलिकलाई सम्झिन पुगे।
इजरायललको राष्ट्रिय गीतको संगीत सुन्नासाथ भारतीयहरुले १९९६ मा रिलिज भएको फिल्म ुदिलजलेु को गीत ुमेरा मुल्क मेरा देशु स्मरण गरे। यी दुबैको संगीत मिल्दोजुल्दो छ।त्यसपछि सामाजिक संजाल प्रयोगकर्ताहरुले अनु मलिकमाथि संगीत ुकपीु गरेको आरोप लगाउन थालेका हुन्। अहिले सामाजिक संजालमा अनु मलिक ट्रोलको सिकार समेत भइरहेका छन्।