काठमाडौँ ५ साउन/अघिल्लो लकडाउनमा खर्च धान्नै नसकेपछि क्यूएफएक्स चेनअन्तर्गतको जय नेपाल हल सदाका लागि बन्द भयो । क्यूएफएक्सकै व्यवस्थापनमा चलेको कुमारी हल पनि बन्द हुने संघारमा छ ।३७ वर्षे लामो इतिहास बोकेको कुमारी हल पनि सँधैका लागि बन्द भएको समाचार प्रकाशित भएका छन् । तर यस विषयमा आधिकारिक निर्णयमा नपुगिएको हल मालिक रवीन्द्र बज्रचार्य बताउँछन् । हल बन्द हुनेरनहुनेमा भविष्यको योजनाबारे छलफल बाँकी रहेको उनको भनाइ छ ।अहिले देशभर करिब १९३ हल सञ्चालनमा छन् । कोरोना महामारीको असरबाट यो क्षेत्र अछुत रहेन । हलहरु महिनौं बन्द भए । व्यापार ठप्प हुँदा धेरै हल सधैंका लागि बन्द हुने अवस्थामा पुगेका छन् ।
क्यूएफएक्स अध्यक्ष नकिम उद्दीन जय नेपाल र कुमारीको फ्रेन्चाइजले घाटा व्यहोर्न थालेपछि हल बन्द गर्ने निर्णय लिएको बताउँछन् । हलहरु खुलेका छैनन् । एक्लै उभिएको हल९स्ट्यान्ड अलोन(सिंगल थिएटर०को भविष्य छैन भन्ने धेरै अगाडि नै थाहा भइसकेको थियो । लकडाउनअघि देखि नै कुमारी र जय नेपालले हामीलाई घाटा भइरहेको थियो । तर अलिअलि घाटा भएकाले बन्द गर्ने सोचेका थिएनौं,उद्दीनले भने,हल खुल्दा ४०र५० कर्मचारीले काम पाउँछन्, त्यति घाटा धानेरै बस्यौं । तर यो कोरोनाले त्यो पनि धान्न नसकिने भयौं । डेढ वर्ष यता निकै नै घाटा व्यहोर्नुपर्योा । व्यापारलाई मिलाएर लानु पर्योे भनेर केही अगाडि जय नेपाल र अहिले कुमारी हल बन्द गर्ने निर्णय गर्यौंर ।
क्यूएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाको कुरा पनि उस्तै छ । कुमारी बन्द भएको डेढ वर्ष भइसकेको थियो । हल बन्द हुँदा २० भन्दा बढी कर्मचारी बेरोजगार भए,अडिगा बताउँछन्,आजकल मलहरुमा हल खुल्न थाले । ती हल स्ट्यान्ड अलोनभन्दा धेरै चल्न थाल्यो । कुमारी र जय नेपालको व्यापार विस्तारै घट्दै गएको थियो । त्यसैले क्यूएफएक्सले हात झिक्यो ।
सन् २००१ मा जय नेपाल र २००४ मा कुमारीलाई क्यूएफएक्सले लिएको थियो । १६ वर्षपछि क्यूएफएक्सले कुमारीसँगको फ्रेन्चाइज हटाएको हो । ठूलो जग्गामा बनेको हलहरुको भाडा पनि धेरै हुन्छ । कुमारी भाडाको हल हो । बन्दको बेलामा भाडा कसरी तिर्नुरुअहिले त कमाइ छैन । तर व्यापारको हिसाबले थोरै ठाउँमै बनेको हलहरुको कमाइ बढी हुन्छ । अहिलेको अवस्थामा धेरै ठाउँ ओगटेको हल धान्न गाह्रो छ । फिल्म क्षेत्र पुरानै लयमा फर्कँदा अन्य हल बन्द हुन सक्ने सम्भावना छ,अडिगाले भने । कुमारीले फेस्टिभल, च्यारिटी सो, प्रिमियर कार्यक्रमलाई हल भाडामा दिएर पनि आम्दानी गरिरहेको थियो । तर कोरोना महामारीले लामो समय हल बन्द भयो । आम्दानी शून्य बनायो, खर्च घटेन ।