काठमाण्डौ १ साउन/सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोले ले द कमेडी च्याम्पियन २ का प्रतिस्पर्धी विक्की अग्रवाललाई आर्थिक सहयोग गरेका छन्।
सिक्किम घर भएका विक्कीलाई प्रतियोगितामा अगाडि बढाउन चाहिने भोटको व्यवस्थाका लागि उनका अभिभावकलाई भेटेर गोलेले ५ लाख भारतीय रुपैयाँ दिएका हुन्।सिक्किमका मुख्यमन्त्री गोले लगायत सिक्किम चलचित्र विकास बोर्डले पनि अग्रवाललाई प्रतियोगितामा सफलता हासिल गर्न बधाई तथा शुभकामना दिएको छ।
विक्की अग्रवालले प्रतियोगितमा गोल्डेन कीु समेत पाएका थिए। अग्रवाल कमेडी च्याम्पियनु दोस्रो सिजनको टप ७ मा छनोट भएका छन्। उनले आज र भोलि टप ६ का लागि प्रस्तुति दिनेछन्। केहीदिन अघि मात्रै मुख्यमन्त्री गोलेले सिक्किम घर भएका रवि गहतराजका अभिभावकलाई भेटेर ५ लाख भारतीय रुपैयाँ सहयोग गरेका थिए।