काठमाण्डौ १ साउन/गीतकार तारा अधिकारीको नयाँ गीत ‘तिम्रै लागि’को म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । इन्दिरा जोशीको स्वर रहेको गीतमा हरि लम्सालको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ ।
भिडियोमा विकास लामिछाने, उषा उप्रेती, धर्मेन्द्र आचार्य, रियांशी थापा, गोविन्द काफ्ले, डा। अनिल कुमार भट्ट र डा। उमा क्यालको अभिनय छ । रमेश थापाको निर्देशनमा तयार भएको भिडियोलाई शिव ढकालले छायांकन र नकुल खड्काले सम्पादन गरेका हुन् ।
भिडियोमा परिवारकी युवतीले आप्mनो प्रेमीका लागि घर छाडेपछि उत्पन्न हुने जीवन र त्यसमा आउने उतारचढाव देखाइएको छ ।
भिडियो हेर्न यहा Click गर्नुहोस्
https://youtu.be/oHPufhkNylk
