• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बेहुलाले दुईका दुना नजान्दा बिहे नै रद्द

धनगढी: दुनियाँमा कहिल्यै बेहुला वा बेहुलीले जोड, घटाउ, गुणन वा भागाको हिसाब नजानेको विषयले बिहे नै रद्द भएको सुन्नुभएको छ ?  शायद यस्तो दुनियाँमा अन्त कहीं हुन्न होला । तर हाम्रो छिमेकी मुलुक भारतमा भने यस्तै घटना भएको छ ।

वास्तवमा जीवनसाथी छान्नका लागि हुनेवाला जीवनसाथीका निश्चित क्षमता वा दक्षता जसले पनि हेर्दछ । त्यसमध्ये शैक्षिक स्तर एउटा महत्वपूर्ण मापदण्ड हो ।

कतिपयले बिहे टुंगो लागिसक्दा समेत आफ्नो वास्तविक शैक्षिक योग्यता लुकाउने गर्दछन् । आफ्नो पति वा पत्नीसँग आफ्नो शैक्षिक योग्यता लुकाएर लुक्ने कुरा कहाँ पो हो र रु एकदिन खुलासा भैहाल्छ भन्नेपनि हेक्का हुँदैन कतिपयलाई ।

भारतको उत्तर प्रदेशस्थित माहोबामा हालै एउटा यस्तै घटना भयो । आफ्नो हुनेवाला पतिले सबैभन्दा सजिलो गुणनखण्ड अर्थात् २ का दुनाहरु नजानेपछि एक युवतीले बिहे नै रद्द गरिदिएकी छिन् ।

समाचार अनुसार बिहेको मण्डपमा पुगिसकेपछि बिहे संस्कार सुरु हुनु अगाडि बेहुलीले बेहुलाको परीक्षा लिने निधो गरिन् । त्यसपछि उनले आफ्नो हुनेवाला पतिलाई २ का दुना भन्न लगाइन् । तर बेहुलालाई २ का दुना फरर्र भन्न आएन । हुनेवाला लोग्नेलाई दुईका गुणनखण्ड समेत नआएको देखेपछि उनले बिहे नगर्ने निधो गरिन् र बिहे रद्द भएको भन्दै त्यहाँबाट निस्किइन् ।

प्रहरीका अनुसार उक्त बिहे मागी विवाह थियो । विवाह मण्डपमा बेहुलीले बेहुलाको परीक्षा लिएर विहे रद्दको घोषणा गरेर हिंडेपछि त्यहाँ उपस्थित सबै पाहुनाहरु तिनछक्क परे । बेहुलीका परिवारजनले उनलाई सम्झाउने कोशिश गरे तर उनले मानिनन् । आधारभूत शैक्षिक योग्यता पनि नभएको मानिससँग आफूले बिहे नगर्ने उनले बताइन् ।

बेहुलीको भतिजले जनाए अनुसार बेहुला पक्षले बेहुलाको शैक्षिक योग्यताको विषय ढाँटेको थियो । वास्तवमा बेहुला निरक्षर रहेछ अर्थात् स्कुल नै गएको रहेनछ ।

सामाजिक रुढिवादी संस्कार र भविष्यमा हुनसक्ने आलोचनालाई बेवास्ता गर्दै ती युवतीले लिएको निर्णयको सामाजिक सञ्जालमा समेत निकै प्रशंसा भएको छ ।

अन्ततः बेहुलीको घोषणा अनुसार नै दुवै पक्षले समझदारीमा बिहे रद्द गर्ने निर्णय गरे । एकले अर्को पक्षलाई दिएका उपहार लगायतका वस्तुहरु समेत फिर्ता गर्ने समझदारी भएसँगै प्रहरीले यस विषयमा कुनै मुद्दा दायर नगरेको बताइएको छ ।

–टाइम्सनाउ न्यूजबाट

 

शनिबार, जेठ ०१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.