काठमाण्डौ २६ बैशाख/फिल्म निर्देशक ऋषि लामिछाने कोरोना संक्रमित भएका छन् ।लामिछानेले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी दिएका छन् ।
कोरोना पोजेटिभ भएको यो समय आफ्ना लागि जीवनको कठिन र पीडादायी समय भएको उनले बताएका छन् ।लामिछानेले लेखेका छन् ‘जीवनको अत्यन्त कठिन र पीडादायी समय । सरिता पछि म र आज छोरीलाई पोजेटिभ देखियो ।’यस अगाडि लामिछाने पत्नी तथा अभिनेत्री सरिता लामिछानेलाई पनि कोरोना पोजेटिभ देखिएको थियो ।लामिछाने फिल्म तथा श्रृखंला निर्देशनमा सक्रिय रहँदै आएका छन् ।
