काठमाडौँ: चर्चित गीतकार शिब हमालको लय तथा शब्दमा लोकदोहोरी गीत झुम्के मायालु रिलिज भएको छ । पछिल्लो समय ब्यापक रुचाइएका गायक बिमल परियार र मिठो आवाजकी धनी गायिका राखी मल्लको आवाजमा आइतबार रिलिज भएको हो ।
विश्वास नेपालको संगीत संयोजन रहेको गीतको भिडिओले रिलिज भएको छोटो समयमा नै चौतर्फी चर्चा बटुल्न सफल भएको छ । गीतको भिडिओलाई शिब हमालको आफ्नै अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।
पछिल्लो समयमा ब्यापक रुचाइएका मोडल तथा निर्देशक सुनिल क्षेत्रिको निर्देशनमा तयार पारिएको भिडिओमा मोडल समारिका ढकाल र सुनिल क्षेत्रिलाई नै देख्न सकिन्छ ।
दुर्गा पौडेलको छायाँकन रहेको भिडिओलाई अमृत चापागाईले सम्पादन गरेका छन् ।
