• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

दार्चुलाका नेपालीलाई आफ्नै भूमिमा प्रवेश गर्न भारतसँग गुहार

धनगढी: आफ्नै भूमि भएर व्याससम्म सरर गाडीमा चढउँला, व्यासको आलु र स्याउ सदरमुकाम ल्याएर यहाँको नुन व्यासमा पुर्‍याउने सपना वर्षौंअघिदेखिको हो । पञ्चायतकालीन मन्त्री स्व बहादुरसिंह ऐतवालले आफ्नै भूमि भएर व्यासको छाङ्गरु तिङ्कर पुग्ने सपना देखेका थिए ।

उनले देखेको त्यो सपना घोरेटो बाटोसम्म मात्रै सीमित भयो । त्यो बेला गाडी मोटर नचले पनि नेपालकै भूमि भएर पैदल आवतजावत सहज थियो । भारतीय पर्यटक कैलाश मानसरोवर दर्शन गर्न नेपालकै घोरेटो बाटो भएर जाने गर्थे । यहाँका व्यापारी तिब्बतको सामान यही बाटोको सहायतामा विसं २०६० अघिसम्म ल्याउँथे ।

द्वन्द्वकालमा स्व ऐतवालले बनाएको त्यो सपनाको बाटो जीर्ण बन्दै गयो । बाटो मर्मत हुन सकेन् । ततपश्चात् चीनको सीमा जोड्ने गरी तिङ्कर सडक निर्माण गर्ने भन्दै आर्थिक वर्ष २०६४र६५ देखि तिङ्कर सडक योजना शुरु भयो । बाह« वर्ष बित्यो तिङ्कर सडक शुरु भएको । यतिका वर्षसम्म १३० किलोमिटर सडक निर्माण गरेर व्यासको तिङ्करसम्म गाडी मोटर चल्नुपर्ने हो तर गाडी मुस्किलले ४० किलोमिटरसम्म चल्दैछ ।

सडक निर्माणमै भएको ढिलाइले व्यासीले वर्षैपिच्छे आफ्नो गाउँ जान भारतीय भूमि प्रयोग गर्नुपर्छ । बेलाबेला बाटो प्रयोगका लागि अनुमति माग्न हारगुहार माग्नुपर्छ । व्यासीको भारतीय जनजातिसँग बिहेबारीको मित्रता भएका कारण सहज रुपमा भारतीय भूमि प्रयोग गर्न पाएका छन् । भारतको उच्च अहोदामा सौका समुदायका व्यक्ति पुगेका छन् ।

उनीहरुकै सहजीकरणले व्यासीले आफ्नो गाउँ जान भारतीय बाटोको सहजता मिलेको छ । व्यासीले वडामा निवेदन, वडाको सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय दार्चुला र प्रशासनले भारतीय एसडिएम कार्यालयले स्वीकृत गरेपछि मात्रै उनीहरुको वैधानिक रुपमा भारतीय बाटोको प्रयोगका लागि अुनमति पाइन्छ ।

बेलाबेलामा भारतीय पक्षको हेपाहा प्रवृतिले पनि आफ्नै भूमि भएर जान बाटो घाटो छैन । नेपाल सरकारले आफ्नै भूमिको प्रयोग गर्ने गरी घोरेटो बाटो निर्माण गर्न भन्दै हरेक वर्ष करोडौँ बजेट खर्च गरे पनि बाटो कहिल्यै प्रयोगयोग्य हुँदैन । सबैभन्दा अप्ठ्यारो मानिएको घाँटिबगरमा गत वर्ष नेपाली सेनाले रु एक करोडभन्दा बढी खर्च गरेर घोरेटो बाटो निर्माण गर्‍यो तर त्यो बाटो व्यासीहरुको घोडा खच्चड हिँड्नलायक नभएको स्थानीयवासी बताउँछन् । तम्बाकु भीरमा उस्तै अवस्था छ । अस्थायी बाटो बनाएर मान्छेलाई हिँड्डुल गर्न बनेको छ ।

व्यासको बुदीसम्म बाटो ठाउँठाउँमा अप्ठ्यारो बनेको छ । प्रदेश सरकारले गत वर्ष मात्रै रु ३० लाखभन्दा बढी खर्च गरेर बाटो मर्मत ग¥यो । त्यो बाटो झाडी फाँडेर बजेट सिध्याउने काम भएको स्थानीयवासी बताउँछन् । अनुगमनकारी निकायबाट बाटो कस्तो बन्यो भनेर हेरिँदैन स्थानीयवासी भन्छन् ।

यस वर्ष सडक विभागअन्तर्गतको डोलीडारले घोरेटोबाटो बनाउने भन्यो तर काम शुरु गरेको छैन । व्यासीहरुको बसाइँसराइ स्थानीय भाषामा कुञ्चा सर्न थालेको छ । छ महिना सदरमुकाम खलङ्गा चिसो छल्न आएका व्यासीहरु गर्मी बढ्न थालेपछि पुनः छाङ्गरु र तिङ्कर उक्लिन थालेका छन् ।

यस पटक पनि बाटो नहुँदा भारतकै बाटो भएर व्यास उक्लिनुपरेको स्थानीयवासी मुकेश बोहरा बताउनुहुन्छ । “हरेक वर्ष आफ्नै भूमि भएर बाटो राम्रो बनाइदेऊ भन्छौँ तर कसैले सुन्दैन”, उनले भने, “जब बसाइँसराइ हुन थाल्छ तब मात्रै कुरा उठ्छ ।”

गत वर्ष कोरोनाका कारण मुस्किलले भारतीय बाटोको प्रयोग गरेरै सौका समुदाय व्यास उक्लिएका थिए । यस पटक पनि कोरोना कहर शुरु हुँदैछ । छाङ्गरुका चार परिवार गत साता नेपालकै बाटो भएर छाङ्गरु गएका छन् । नेपालतिर बाटो नहुँदा जोखिम मोल्नुपरेको स्थानीयवासी दोर्जे लामा बताउँछन् ।

“नेपालकै बाटो भएर गाउँ जाँदा अर्जुन ऐतवालको एक झुपु बितेको छ, अहिले पनि आइतबारदेखि अधिकांश कुञ्चा सर्न शुरु हुन्छ”, व्यास–१ का वडाध्यक्ष अशोकसिंह बोहराले भने, “सदरमुकाम खलङ्गामा गर्मी बढ्न शुरु भएको छ, हामीहरुको बसाइँसराइ माथि उक्लिन शुरु भएको छ ।”

भारत र चीनको सीमा क्षेत्रमा बसोबास गर्ने यहाँका व्यासी सौका समुदाय हरेक वर्ष छ महिना सदरमुकाम खलङ्गा र छ महिना व्यासको छाङ्गरु तथा तिङ्कर बस्ने गर्छन् । गत मङ्सिरमा हिमपात हुन थालेपछि उनीहरु सदरमुकाम खलङ्गा झरेका थिए ।

व्यास उक्लिएपछि उनीहरु यार्सागुम्बा सङ्कलन र खेतीपाती भित्र्याउने काममा व्यस्त हुन्छन । यहाँका स्थानीयवासी सबै बस्तुभाउ, घोडाखच्चर र झुपुहरु लिएर व्यासका स्थानीयवासी आइतबारदेखि माथि उक्लिन शुरु हुन्छ ।

सदरमुकाम खलङ्गाबाट २८ कोष उत्तरमा हिमाली क्षेत्र तिङ्कर र छाङ्गरु पर्दछ । नेपालको दार्चुलामा मात्र बसोबास रहेको सौका समुदायको व्यासको छाङरु गाउँमा १२० तथा तिङ्करमा ७० भन्दा बढी परिवारको बसोबास छ । जिल्ला प्रशासन कार्यालयका अनुसार यस पटक शुक्रबारसम्म व्यासको छाङ्गरु र तिङ्कर जानका लागि ४६१ जनाले अनुमति लिएका छन् । रासस

 

शनिबार, बैशाख ०४, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.