काठमाडौं/ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएको छ । पछिल्लो समय चितवनको रत्ननगरमा बस्दै आएका गोविन्दराजको निधन भएको रामचन्द्र पौडेलले पुष्टि गरेका छन् ।
“मेरा प्यारो माइला भाइ गोविन्दराज पौडेलको असामयिक निधनको खबरले मर्माहत बनाएको छ,” पौडेलले फेसबुकमा लेखेका छन्, “हाम्रो परिवार र गाउँ समाजकै भरोसाका रुपमा हेर्ने भाइ पछिल्लो समय चितवनको रत्ननगरमा बस्दै आएका थिए ।”उनले गोविन्द सम्बन्धले भाइ भए पनि आफूले आफ्नो साथी गुमाएको पौडेलले उल्लेख गरेका छन् ।
“प्रिय भाइ नाताले भाइ भए नि मेरो साथी जस्तै गरि सबै कुरामा सहयोगी थिए,” उनले थप लेखेका छन्, “मेरो राजनीति जीवनकालमा सधै सहयोगी भुमिका निर्वाह गरेका भाइ गोविन्दको निधनले म आफूलाइ एक्लो भएको महशुस गरेको छु । प्रिय भाई गोबिन्द तिम्रो आत्माको चीर शान्तिको कामना गर्दै स्वर्गवासको कामना गर्दछु ।”