टेकसिँह धामी/ धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका – १८ फुलवारी का दर्पण शर्मा र कन्चनपुर महेन्द्रनगरका हिक्मत महरा कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’को उत्कृष्ट १५ मा पुगेका छन् ।
कमेडी च्याम्पियन सिजन ३ मा ६ हजार भन्दा बढी डिजिटल अडिसनमा सहभागीमध्येबाट उत्कृष्ट २४ हुदै शर्मा र महरा कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’को शुक्रबारको एपिसोडमा उत्कृष्ट १५ मा छानिएका हुन।
शर्मा र महरा अव उत्कृष्ट १० को तयारीमा रहेका छन् । दर्पण हाल धनगढीमा रहेको एक्सिस विद्याश्रममा कानुनतर्फ कक्षा १२ मा अध्ययनरत छन् । सानै देखी नया र खोजमुलक कुरामा लाग्ने शर्मा धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा समेत अध्यन गरेका थिए ।
च्याम्पियनमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा जज छन् । विशाल भण्डारीको निर्देशन रहेको यस शो का कार्यकारी निर्माता केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी र राज घिमिरे हुन् ।
कमेडी च्याम्पियन हरेक शुक्रबार र शनिबार कान्तिपूर टिभीमा प्रशारण हुन्छ । त्योसँगै यस शोलाई ‘ओएसआर रियालिटी’ नामक युट्युब च्यानलमा पनि हेर्न सकिन्छ ।