धनगढी : फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व सुरु भएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।
यस वर्ष भने कोरोना त्रासका कारण होलीमा भिड नगर्न र घरमै मनाउन प्रशासनले निर्देशन दिएको छ । प्रशासनको निर्देशन विपरीत कार्य गर्नेलाई प्रहरीले कारबाही गर्ने चेतावनी दिएको छ ।
यसै बिच जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी चेकजाँचमा कडाइ गरेको छ । होलीमा हुन सक्ने सम्भावित दुर्घटना नियन्त्रणको लागि चेकजाँचमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । उनले उश्रृंखलगतिविधि गरे कारबाही गरिने बताए ।