घनगढी : क्युट अभिनेत्री अनन्य पाण्डे सोसल मिडियामा धेरै एक्टिभ रहन्छिन् । उनी लगातार आफ्नो फोटो, भिडियो सोसल मिडियामा शेयर गरिनै रहन्छिन् ।
के तपाईँलाई थाहा छ एक चोटि उनको मोबाइल नं. इन्टरनेटमा लिक भएको रु हुन त यसमा अनन्यको गल्ती थिएन, गल्ती उनकी सानी बहिनीको थियो ।
अनन्यकी कजन अलिना पाण्डेले हालसालै आफ्नो एक भिडियोमा यसको बारे जानकारी दिएकी छिन् । अलिना पनि अनन्य जस्तै सोसल मिडियामा धेरै नै एक्टिभ रहन्छिन् ।
उक्त भिडियोमा अलिना भन्छिन् उनी अनन्य र रायालाई लामो समय देखि भेट्न पाई रहेकी हुँदैनन् र उनैले अनन्यको मोबाइल नं इन्टरनेटमा शेयर गरेको पुरानो कहानी पनि सुनाउँछिन् । खासमा राया डाइरेक्टर बन्न चाहन्छिन् ।
केही समय अगाडि उनले एक सर्ट फिल्म पनि बनाएर युट्युबमा अपलोड गरेकी थिइन । त्यहीँ उनको एक गल्ती भएको थियो । रायाले ध्यान दिएको थिएन कि त्यही फिल्मको एउटा भागमा अनन्यको फोन नं। पनि देखिरहेको हुन्छ ।
यस बारे राय साले भनिन्,’मैले दिदिको नम्वर लिक गरेको थिए । जबकि अनन्यको भनाइछ कि मेरो नम्बर फिल्मको एउटा भागमा थियो र यो बारे मलाई केही थाहा थिएन । फिल्म अपलोड भए पछि मलाई धेरै फोन कलह रु आउन थाले । पछि रायालाई भिडियो डिलिट गर्नु पर्यो र पुन सच्याएर अपलोड गर्नु परेको थियो ।’
कामको कुरा गर्नु पर्दा हाल अनन्य ईशान खट्टाको फिल्म खालीपिली मा देखेकी थिईन् । चाँडै नै अनन्य, विजय देवरकोंडाको साथ फिल्म लाइगरमा आउने छिन् । फिल्म ९ सेप्टेम्बर २०२१ मा रिलिज हुनेछ ।