निर्मला बडाल जोशी/ उप–सभामुख/सुदूरपश्चिम प्रदेश
संघीय लोकतान्त्रिक गणतन्त्रले महिलाहरुलाई सुम्पेको जिम्मेवारी वहन गर्न सक्ने सीप,शक्ति,क्षमता र कार्य कौशलताको अभावलाई कुशल व्यवस्थापनको माध्यमबाट सक्षम महिला नेतृत्व विकासगरी समाजमा स्थापित गर्न कयौँ कठिनाईहरु पर्खाल बनेर हामीलाई चुनौती दिईरहेका छन् ।
व्यवस्थाले महिलाहरुलाई अधिकार सु–सम्पन्न गराएतापनि सामाजिक अवस्थाको जन्जीरहरुबाट उम्कन बाधा पुगाएको तितो यथार्थ सबैले महसुस गरेका छौँ ।महिला र पुरुषबीचको ठूलो विभेदको अवस्थाले अझै पनि कोल्टो फेर्न सकेको छैन । सामाजिक, आर्थिक, शैक्षिक, प्रशासनिक, राजनैतिक, न्यायीक लगायतका सबै क्षेत्रमा महिलाहरुको पहुँच न्युन रहेको छ । हाम्रो समाजमा रहेकोरीतिरिवाज, प्रथा र परम्पराहरु जस्तैःबालविवाह, बहुविवाह, दाईजो प्रथा, कम्लरी प्रथा, छाउगोठ, छोराको महत्व,जातीय भेदभाव जस्ता परम्परागत धार्मिक,समाजिक मान्यताहरुका कारणले महिलाहरुको स्तर विकास हुन सकिरहेको छैन ।
आम महिलाहरुलाई परम्परा रप्रथाले बन्दी बनाईरहेको छ ।छोरा पाउने आशामा धेरै सन्तान जन्माउँदा ग्रामिण क्षेत्रमा कयौँ महिलाहरु पाठेघर खस्ने र क्यान्सरकोपीडाले पिल्सीरहेकाछन् ।उनीहरुले उपचार पाउनको साटो उल्टो पारिवारिक र सामाजिक तिरस्कार खेप्नु परेको छ । छोरा नजन्माए वापत बहुविवाह, पारिवारिक बहिस्कारर घरेलु हिंसाको पीडामा जलिरहेका छन् ।बोझिलो घरेलुतथा पारिवारिक जिम्मेवारीले व्यक्तिगत इच्छा आकांक्षा रस्वतन्त्रताको दैलो उघार्न समेत सकिराखेको छैनन्। आठ घण्टा श्रम आठ घण्टा आराम भन्ने अन्तर्राष्ट्रिय मान्यतासंग नेपाली महिलाहरुको जीवन पद्धतिले मेल खाएको देखिदैन ।
गर्भवती अवस्थामा पनिसमयमा आराम, पोसिलो आहार नपाउनु र धेरैसन्तान उत्पादन गर्नुपर्ने सामाजिक बाध्यता अनि औषधी उपचारको अभावले जीर्ण भएको कमजोर शारीरिक मानसिक अवस्थाको बारेमा यहाँ बर्णन गर्न निकै पीडा बोध भएको छ । पहिले पहिले हाम्रा बाउ बाजेहरु भन्ने गर्नुहुन्थ्योराक्षस अदृश्य हुन्छ, एकान्त खोलाहरुमा मात्रै राक्षसहरुको बास हुन्छ भनेरत्रेता युगमा पनि एउटा मात्रै दानव थियो, जसलेसीतालाई हरण गरेर बन्दी बनाएको थियो, तर त्रेता युगदेखी आजसम्मको इतिहासलाई फर्केर हेर्दा यहाँ हजारौँ रावणहरुको जन्मभईसकेको छ ।
सामाजिक ऐक्यबद्धता, सौहार्दता, पारिवारिक विश्वासस्खलित भईराखेको छ । समाज, टोल र घरघरमा रावणहरुको जन्म भएको अनुभूति आम महिलाहरुले गर्न थालेका छन् । डर, त्रास, भय, नकारात्मक सोच चिन्तन र असुरक्षाको महसुस हुन थालेको छ। जन्म दिने बुवा, आमानै दाजुभाई, छरछिमेकी र आफन्तहरुप्रतिकोविश्वास कमजोर हुँदै गईराखेको छ ।समग्र राष्ट्रमा होस् कि समाजमा जब असुरक्षा,अशान्ति, आर्थिक संकट र राजनीतिक उथलपुथल सामाजिक, धार्मिक विकृती र ग्रामिण क्षेत्रमा विकासको गति, मन्दताको प्रत्यक्ष प्रभाव महिलाहरुमा परेको हुन्छ ।
विद्यालय टाढा हुँदा छोरीहरु विद्यालय जान डराउनुपर्ने,सुविधा सम्पन्न स्वास्थ्य संस्था नहुँदा कयौँ सुत्केरी महिलाहरुले ज्यान गुमाउनु परेको छ ।गाउँमा खानेपानी नहुँदा घण्टौँ हिँडेर पानी बोक्नु पर्ने स्थिति उस्तै छ । नेपालको संविधान बने यता महिला सशक्तीकरणका लागि धेरै धनराशी खर्च भएको छ चाहे त्यो सरकारको तर्फबाट होस् या गैर सरकारी तर्फबाट होस्,तर त्यसको परिणाम भने नेपालको संविधान २०७२ को मर्म र भावना बमोजिम आउन सकेको छैन ।मलाई लाग्छ यसको एउटा कारण भनेको शहर, सदरमुकाम केन्द्रित कार्यक्रम हुनुहो ।नेपालको झण्डै ८०% महिलाहरु ग्रामिण क्षेत्रमा बसोबास गर्नुहुन्छ,तीं महिला सशक्तिकरणका लागि बनेका कार्यक्रमहरु ग्रामिण क्षेत्र अथवा लक्षित महिला समुदायसंग पुग्न नपाउँदै बाटोमा तुहिन्छन ।अचम्मको कुरा त के छ भनेराजनीतिक पार्टीहरुले पनि महिला सशक्तीकरणका कार्यक्रमहरु शहर,सदरमुकाम केन्द्रित गरेको देखिन्छ ।सरकारी र गैर सरकारी संस्थाहरुले कार्यक्रमको उद्देश्यमा RURAL DEVELOPMENT भनेर राखेतापनि गाडी पुग्ने सुगम ठाउँहरुमा पुगेर ५ दिनको कार्यक्रम २ दिनमा सकेर औपचारिकता पुरा गर्ने गरेको छ ।
त्यस्तै, निजि क्षेत्रहरुले पनि हुने खाने,मध्यम र उपल्लो शक्ति र पहुँच भएको वर्गलाई प्रोत्साहन गरेको देखिन्छ।
त्यसैले नेपालको सन्दर्भमा अन्तर्राष्ट्रिय महिला दिवसलाई विजय उत्सवका रुपमा मात्रै मनाउने कि महिला मानव अधिकारको संघर्षको निरन्तरताको रुपमा मनाउने भन्ने कुराको समिक्षा गर्न जरुरी देखिएको छ ।संविधान तह शक्ति पृथकीकरणको सिद्धान्तअनुसार तीन तहका सरकारहरु सञ्चालित छन् ।व्यवस्थापिकामा महिलाहरुको उपस्थिति भएतापनी कार्यपालिका अथवा कार्यकारी पदहरुमा भने स्थानीय देखी केन्द्रसम्म शुन्य–शुन्य नै भन्नुपर्छ । सातवटा प्रदेश सरकारमा एउटा पनी मुख्यमन्त्री र सभामुखको जिम्मेवारी पाउनु भएन ।सात सय५३ ओटा स्थानीय सरकारमा जम्मा १८ जना महिला कार्यकारी पदमा हुनुहुन्छ । त्यस्तै, कुनै पनि राजनीतिक पार्टीहरुको जिल्ला देखि केन्द्रसम्म निर्णायक ओहोदामा महिलाहरुको प्रतिनिधित्व समेत छैन । आज नेपालमा महिलाहरुको क्षमतालाई सम्मान गर्ने,पुरुषवादी दृष्टिकोणमा खासै सुधार आएको छैन ।कानुनी बाध्यताको भुमरीमा फसेर मात्रै बोल्न सकेका छैनन्। पुरुषवादी मनोविज्ञानमा कति बदलाव आएको छ भन्ने कुरा अपवाद् बाहेक कयौँ गाउँपालिका,नगरपालिकामा निर्वाचित पुरुष र महिलाहरुको सहकार्य,सह अस्थित्व समन्वयलाई हामिले नजिकबाट अवलोकन गरिराखेका छौँ ।पुरुषत्व त्यतिबेला अभिव्यक्त हुन्छ जब अवसरहरु आउँछन् ।
थुपै्र प्रकारका रुढीवादी,अन्धविश्वास,प्रथा र परम्पराहरु संग जुध्दै नेपाल भित्र भएका कयाँै आन्दोलनहरुमा देखाएको त्याग र बलिदानको उपलब्धि स्वरुप राजतन्त्रात्मक व्यवस्था भन्दा गणतन्त्रात्मक व्यवस्थामा महिला सशक्तिकरणले फड्को मारेको छ ।कतिपय उपलब्धीहरु प्राप्त भएकाछन् । सबैभन्दा ठूलो उपलब्धी त सदियौँ देखि मनभित्र कुण्ठित र दमित भएका पीडाहरु बुलन्द गर्न सक्ने साहस र शक्ति प्रदान भएको छ।महिला अस्तित्वको सिर्जना र रक्षा गर्न फेरि पनि आम महिला दिदिबहिनिहरुलेकडा मेहनत, परिश्रम,दुःख. कष्टबाट बञ्चित भएर कुनै न कुनै पुरुषको आर्शिवाद माया र दयाको भुलभुलैयामा रमाउने हो भने अहिलेसम्म प्राप्त गरेका उपलब्धीहरु गुमाउने छौँ।एसिडको पीडा,बलात्कारको चित्कार घरेलु तथा मानसिक हिंसा लगायतका तमाम उत्पीडनहरुले हामीलाई आक्रमण गर्ने छ।त्यसकारण महिलाको सुरक्षा र रोजगार,सम्बृद्ध नेपालको आधार भन्ने राष्ट्रिय नाराका साथ मनाइने १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्वपूर्ण अवसरमा सामाजिक प्रेम महिला जनजागरण ल्याओस् र पितृसत्तात्मक सोचद्वारा निर्देशित व्यवहार आचरणमा परिवर्तनको माग गर्दै नेपाल भित्र र बाहिर बस्नुहुने सम्पूर्ण दिदिबहिनी दाजुभाईहरुमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको धेरै धेरै शुभकामना ।