पहलमानपुर १३ फागुन/कान्तिराज्यलक्ष्मी मा.वि. घोडाघोडी १० पहलमानपुरको विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ निर्विरोध रुपमा चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिमा खडक बहादुर रावत, तिलक बहादुर कुँवर, सृजना शाही र हसिला सुनार चयन भएको विद्यालयका शिक्षक नरबहादुर देउवाले जानकारी दिएका छन् ।
त्यसैगरी सोही भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा नारायणप्रसाद कार्कीलाई चयन गरेको छ । समितिको सदस्यहरुमा पूर्णानन्द अवस्थी, लिल बहादुर बस्नेत, दुर्गा सापकोटा, गीता भण्डारी, मानबहादुर भट्टराई, विष्णुप्रसाद जैशी र नन्द सिंह कडायत चयन भएका छन् ।
