• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

‘क्राइम पेट्रोल’ मार्फत सानोपर्दामा फर्किए दीपक

काठमाडौं । चर्चित कलाकार दीपकराज गिरी फेरि टेलिभिजनको पर्दामा देखिने भएका छन् । उनी ‘क्राइम पेट्रोल’ नाम कार्यक्रम मार्फत सानोपर्दामा देखिन लागेका हुन् । मंगलबार एक कार्यक्रमका बीच संचारकर्मी रवि लामिछानेले ल्याएको नयाँ टेलिभिजन च्यानल ‘ग्यालेक्सी फोरके’ मार्फत दीपक ‘क्राइम पेट्रोल’मा देखिन लागेका हुन् ।

भारतीय टिभी सोनीबाट लामो समयदेखि प्रसारण हुँदै आएको अपराध र त्यसको अनुसन्धानको विषयमा केन्द्रीत ‘क्राइम पेट्रोल’सँग आधिकारी अनुमतिमा नेपालमा पनि यो श्रृखंला निर्माण हुन लागेको हो । कलाकार गिरी यसको होष्टको रुपमा देखिन लागेका हुन् ।

‘क्राइम पेट्रोल’ होष्ट सहित ड्रामाको रुपमा निर्माण हुन लागेको हो । यसमा कथा अनुसार विभिन्न कलाकारको समेत अभिनय रहनेछ । ‘क्राइम पेट्रोल’मा अभिनय भन्दा पनि आफ्नो जिम्मेवारी होष्टको मात्र रहने कलाकार गिरीले बताए ।‘केही फरक काम गरौँ भन्ने उद्देश्यले ‘क्राइम पेट्रोल’ होस्ट गर्न लागेको हो,’ गिरीले सुनाए ।

पछिल्लो समय सुपरहिट फिल्म ‘छ माया छपक्कै’ निर्माण गरेका गिरी नयाँ फिल्मको तयारीमा पछि छन् । कोरोना पछि फिल्मको माहोल अझै बन्न नसकेकाले फिल्म निर्माणमा उनले केही ढिलाइ गरेका हुन् । टेलिभिजन हुँदै ठुलो पर्दामा समेत राज गर्न सफल गिरीको अभिनय करियरमा रफ्तार ल्याउने काम भने उनकै निर्माण, निर्देशन र अभिनय रहेको सानो पर्दाको हास्यश्रृंखला ‘तितो सत्य’ले गरेको थियो ।

‘क्राइम पेट्रोल’ सम्पदा मल्ल र उनको टिमले निर्माण गर्न लागेको हो । सोनी टिभीमा प्रसारण भएको यो श्रृंखलाको केही भाग समेत लेखन गरेकी मल्लले गौरी मल्ल अभिनित नेपाल टेलिभिजनको चर्चित श्रृखंला ‘सिंहदरबार’ समेत लेखेकी थिइन् । ‘क्राइम पेट्रोल’को लेखनको अलवा मल्लले क्रिएटिभ प्रोडुसरको जिम्बेवारी समेत निर्वाह गर्नेछिन् ।

बुधबार, फागुन १२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.