धनगढी , फाल्गुन ९/ नेपाल विद्युत प्राधिकरण बाजुराको कार्यालयमा पनि तालाबन्दी गरिएको छ । नेकपा निकट ओली पक्षका अनेरास्ववीयुका युवाहरुले मार्तडीमा संचालन गरिएको त्रिवेणी साना जलविद्युत केन्द्र बाजुराले नियमित रुपमा विद्युत संचालनमा ल्याउन नसक्दा पनि मुखदर्शक बनेको भन्दै विद्युत प्राधिकरण बाजुराको कार्यालयमा तलाबन्दी गरिएको बताइएको छ ।
यता त्रिवेणी सहकारी तथा साना जलविद्युत केन्द्रमा पनि आइतबार नै तालाबन्दी गरिएको अनेरास्ववीयु बाजुराले जनाएको छ । विद्युत प्राधिकरणले पनि त्रिवेणी साना जलविद्युत केन्द्रले विद्युत संचालन गरेको भन्दै अहिले सम्म कुनै पनि सेवा प्रवाह नगरिएको देखिएको छ ।
यता ओली पक्षका अनेरास्ववीयुका युवाहरुले सदरमुकाममा नियमित विद्युत सेवा संचालन गर्ने सहमती नहुँदासम्म ताला नखोल्ने बताएका छन् ।
