धनगढी, फाल्गुन ८/ आयोडिनको कमि बाट हुने रोग लाई न्युनिकरण गर्न अछाममा आयोडिन नुन सम्बन्धी चेतनाका कार्यक्रम गर्न थालिएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड धनगढीले अछामको चौरपाटी गाउँपालीकामा एक कार्यक्रमका बीच सो कार्यक्रमको थालनी गरेको हो ।
साल्ट ट्रेडिङ्गको प्राबिधिक सहयोगमा अछाममा आयोडिन नुन सम्बन्धी सचेतना कार्यक्रम गरिएको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड धनगढीका नायब महाप्रबनधक केशवप्रसाद पाण्डेले जानकारी दिए ।
उनले आज चौरपाटी गाउँपालीकाको आयोजना र साल्ट ट्रेडिङ्गको प्राबिधिक सहयोगमा यो पालिकामा आयोडिन नुन सम्बन्धी सचेतनाको कार्यक्रम गरिएको बताए । राष्ट्रियसभा सदस्य शेरबहादुर कुवँरले आयोडिनको कमीका कारण मानिसमा गलगाड लुलो जस्ता रोग बाट छुटकारा पाउन यसको सेबन अनिवार्य भएको जिकिर गरे ।
त्यसैगरी राष्ट्रिय योजना आयोगका पूर्व सदस्य बिजय कुवर, नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य रामबहादुर थापा, नेपाली काँग्रेसका गाउँ कार्यसमिती सभापती गणेश शाह, नेपाल पत्रकार महासंघ कैलालीका पूर्व अध्यक्ष भरत शाह, नेपाल पत्रकार महासंघ अछामका अधयक्ष खम्म खत्री, शिक्षक महासंघ अछामका सभापति दिनेश कुवँर लगायतले आयोडिन नुनको बारेमा प्रस्टयाएका थिए ।
कार्यक्रममा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड धनगढीका नायब महाप्रबनधक केशवप्रसाद पाण्डेले आयोडिन नुनको प्रयोग, महत्व बारेमा बताएका थिए । साथै उनले आयोडिन नुन प्रयोग गर्दा हुने फाइदार बेफाइदाका बारेमा समेत बताएका थिए ।
चौरपाटी गाँउपालीकाले एक वर्ष अघि नै ढीके नुनमा प्रतिबन्ध लगाई आयोडिन युक्त प्याकेटको नुन मात्र प्रयोमा ल्याएको थियो ।