धनगढी, फागुन ७/ कञ्चनपुरमा बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। विहीबार बेलौरी स्थित महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गानालाइ बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
शिक्षक ढुङ्गानाले विद्यालयमै ६ कक्षामा अध्ययनरत १४ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। ढुङ्गानाले फागुन ५ गते बुधबार बिहान ११ बजेतिर विद्यालयमै बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको हो।
