• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजकमा कैलाली अस्पताल

धनगढी, माघ २६/ धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक धनगढीको कैलाली अस्पताल भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले चैत ६ गते आयोजना गर्ने सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजकको रुपमा कैलाली अस्पताल प्रालिसँग सम्झौता गरिएको धनगढीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो । कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशी र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाबीच मुख्य प्रायोजन सम्बन्धमा सम्झौता भएको पत्रकार सम्मेलनमा जानकारी दिईयो । अब दोस्रो पटक सुदूरपश्चिममा हुन लागेको अवार्डको नाम कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस रहनेछ ।

पत्रकार सम्मेलनमा अवार्डको मुख्य प्रायोजक रहेको कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशीले अवार्डमा जोडिने अवसर दिएकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्दै भने, ‘कोरोना कहरमा पनि अवार्डले निरन्तरता पाउँनु निकै खुसीको खवर हो । यो अवार्डलाई सुदूरपश्चिमको पर्वको रुपमा आयोजना गर्न आवश्यक छ ।’ अस्पतालले अर्थोपेडिक हाडजोर्नी, ल्याप्रोस्कोपी तथा जनरल सर्जरी, नवजात शिशु तथा बालरोग, मानसिक रोग, मुटुरोग, स्त्री तथा प्रसुती, छाला तथा यौनरोग, नाक कान घाँटी, प्याथोलोजी, रेडियोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे लगायतका सेवाहरु दिदैं आएको छ ।

मुख्य प्रायोजक कैलाली अस्पताल रहेको अवार्डमा बर्ष पुरुष खेलाडीलाई नवजिवन अस्पताल, वर्ष महिला खेलाडीलाई नोभा अस्पताल, बर्ष युवा खेलाडीलाई निसर्ग अस्पताल, स्पेशल अवार्डलाई न्यू सिटी पोलीक्लिनीक, लाईफटाईम एचिभमेन्ट अवार्डलाई सारथी अस्पताल, सुदूरपश्चिम आईकन पुरुषलाई माया मेट्रो अस्पताल र महिलालाई तिवारी मेडिसिनले प्रायोजन गरेका छन् । बर्ष प्रशिक्षक र बर्षको चर्चित खेलाडी विधाका लागि प्रायोजकको खोजी भईरहेको मञ्चका अध्यक्ष ओझाले बताए । अवार्डको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका रहेको छ । धनगढीको ओम प्यालेस अवार्डको भेनु पार्टनर रहेको छ भने गुरुकुल सेक्युरिटीले पनि अवार्डलाई साथ दिएको छ ।

सोमबार, माघ २६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.