धनगढी, १८ माघ/ चर्चित अधुनिक लोकदोहोरी गायक टंक तिमिल्सेनाको ‘नाटकै हो’ गित बजारमा ल्याएका छन् । अहिलेको राजनीतिक बितृष्णालाई श्रृगारिक शब्दका मार्फत गायक तिमिल्सेनाले गित लेखेका छन् ।
रुपेश साँउदको शब्द, संगित र ऐरेन्ज आफैले गरेका गायक तिमिल्सेले गितमा स्वर पनि आफैले दिएका छन् । शुभाष कार्कीको ¥यापले ‘नाटकै हौ’ गितलाई अझै उत्कृष्ट बनाएको छ ।
अहिले राजनीतिमा देखीएको खिचातानीलाई मायामा भएको कल्पना गर्दे गितलाई थप उत्कृष्ट बनाएका छन् । मारुनीमा रेकर्ड स्टुडियोमा रेर्कडीङ्ग गरेको गितको भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन् । भिडियोमा अभिनय टंक तिमल्सेना, शुभाष कार्की, हेमराज थापा‘बाबुराजा’ सन्तोष मगरात र टिकाराम बिकले अभियन गरेका छन् ।
भिडियो लंक तल छ
गितको शब्द यस्तो छ
मलाई बीचबाटो मै छोडेउ
किन जीवन अन्तै मोडेउ
आफ्नै धड्कन बिर्सियेउ
तिम्रो मुटु काठकै हो २
पिडा लिदै बाच्या छु दिल मा तिम्रै फोटो छ
फुल्दा फुल्दै ओइलिने मेरो भाग्गे खोटो छ
आखिर एक्लै बने छाडेउ
मलाई रुवाइ के उखाडेउ
मरे तुल्य पार्दियेउ
तिम्रो मुटु काठकै हो
३ एक्लो यात्री थिएँ म आफ्नै रंगीन संसारको
तिमी आयौ गैदीयेउ पायौ आफ्नै अनसारको ।।
मेरो हृदयमा बस्यौ,
भन आज कता पस्यौ
छेपारो झै रंग फेर्ने तिम्रो मुटु काठकै हो ।।
४ सम्झाकि थिन आमैले हेर मन कि मायालु
कपटी रैछौ मन कि मैले देखे दयालु
मेरो जिबन बर्बाद पारेउ
मन को दर्बार जलाई छाडेउ
आफ्नै औकात बिर्सियेउ तिम्रो मुटु काठकै हो