टेक सिँह धामी, धनगढी, माघ १०/ बैतडीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा जनप्रर्दशन भएको छ । बैतडीको गोेठालापानीमा जिल्ला कार्यकर्ता भेलाको अवसर पारेर जनप्रर्दशन भएको हो । शनिवार देशभर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेपनी बैतडीमा भने प्रधानमन्त्री ओलीको समर्थनमा जनप्रदर्शन गरिएको छ ।

जनप्रदर्शन भेलामा सहभागी हुन जिल्लाका विभिन्न ठाउँमा ओली समर्थित जनताहरु सहभागी भएका थिए । सभा अघि विभिन्न ठाउँबाट जुलुस समेत निकालिएको थियो ।

यस्तै सरकारले गिरफ्तार गरेका आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै विप्लवले नेपाल बन्दको घोषणा गरेअनुसार सुदूरपश्चिम पनि शनिबार बन्द गरिएको थियो ।


