धनगढी, ९ माघ/ नेपाली कांग्रेस कैलालीका युवा नेता केशब मिश्रले कम्युनिष्टहरुमा सर्वसत्तावाद हाबी भएको र अहिलेको कम्युनिष्टहरुको लडाइ केवल भागबन्डा र सत्ताको मात्रै भएको बताएका छन्।
कांग्रेस कैलालीले धनगढी ३ मा आयोजना गरेको बिरोध सभामा बोल्दै मिश्रले कम्युनिष्टका कारण संविधान खतरामा परेको बताए। उनले भने “नेपाली जनताको संविधान आज कम्युनिष्ट र आतङ्कवादीले डुबाउने भए, कांग्रेसले प्रमुख प्रतिपक्षी भएर सकरात्मक काम गर्दै गर्दा समेत कोभिडका बेला समेत कम्युनिष्टले भ्रष्टाचार मात्रै गरे। प्रधानमन्त्री र राष्ट्रपतिको संरक्षणमा भ्रष्टाचार मौलाउदै जादा देश र संविधान अप्ठ्यारो परिस्थितिमा परेको हो।”
कम्युनिष्टहरु स्वार्थका लागि मिलेका थिए। स्वार्थ पुरा नभएपछि आन्तरिक नौटङ्की देखाइरहेका छन्। काङ्ग्रेसले सडकमा आउनुपर्ने आवश्यकता होइन बाध्यता हो मिश्रले भने।
कम्युनिष्टहरुले संविधान र कानुनलाइ मिचेर देश र जनतामाथि घात गरेका छन्। अबको विकल्प काङ्ग्रेस भएको भन्दै संविधान जगेर्ना गर्ने जिम्मा अब कांग्रेसको भएको उनको भनाइ थियो।