एजेन्सी । युभेन्ट्सले इटालियन सुपर कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा नापोलीलाई २(० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले उपाधि जितेको हो ।
युभेन्ट्सलाई उपाधि दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरे ।
खेलको ६४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । खेलको ८० औं मिनेटमा नापोलीले बराबरी गर्ने मौका गुमायो । उसका लोरेन्जोले पेनाल्टीमा गोल गर्न सकेनन् ।
त्यसपछि खेलको इन्जुरी समयमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई २(० को जित दिलाए ।
यससंगै युभेन्ट्सले नवौं पटक सुपर कप फुटबलको उपाधि जितेको छ ।
