धनगढी, १ माघ/ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ६ का सौगात रावतको नाममा रहेको जग्गा उनलाई थाहै नदिएर अर्काको नाममा बेचिदिएको खुलेको छ ।
रावतको वीरेन्द्रनगर–८ शंकरचोकमा रहेको ६ कठ्ठा जग्गा अरुकै उनलाई थाहै नदिएर अरुको नाममा गरिदिएका हुन् । उनको ६ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा कित्ताकाट गरी फरक–फरक व्यक्तिलाई बेचेका हुन् भने रावतसँग पुरै ६ कठ्ठा जग्गा भएको लालपुर्जा सुरक्षित छ।
जिल्ला मालपोत कार्यालय सुर्खेतका नायव सुब्बा विश्वरुप सावद र पूर्व घर बताउने सन्तोष ठाकुरको मिलेमतोमा रावतको जग्गा अरुलाई बेचेको आरोप लागेको छ ।
आरोपित सावदलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा समेत लिएको जनाएको छ । उनलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो । यसबारे थप अनुसन्धान भैरहेको प्रहरी स्रोतले जनाएको छ ।