धनगढी, पुष २९/ ‘द हेन्ले’ पासपोर्ट सूचांकुले संसारकै राम्रा र खराब पासपोर्टको सूची जारी गरेको छ। अमेरिकी अखबार सिएनएनमा प्रकाशन भएअनुसार संसारकै राम्रो पासपोर्टको पहिलो नम्बरमा जापान परेको छ।
जापानी पासपोर्टबाट सबभन्दा धेरै देश सहजै जान पाइने भएकाले यो अग्रणी भएको हो। द हेन्लेले संसारभरका देशका कुन पासपोर्टले सहजै यात्रा गर्न सकिन्छ भन्ने आधारमा यो सूची तयार पार्छ।
जापानी पासपोर्टबाट सबै प्रकिया गरी १९१ देश जान सकिने सिएनएनले लेखेको छ।
त्यस्तै १९० देश जान सकिने क्षमताका आधारमा सिंगापुर पासपोर्ट दोस्रो नम्बरमा परेको छ। १८९ देश जान मिल्ने गरी दक्षिण कोरिया र जर्मनी दुवै तेस्रो स्थानमा छन्।
चौथोमा इटाली, फिनल्यान्ड, स्पेन र लक्जेम्वर्ग ९१८८ देश छन्। अघिल्लो वर्ष पहिलो, दोस्रो, तेस्रोमा अहिले परेकै देशहरू थिए भने चौथोमा इटाली र फिनल्यान्ड मात्र थिए। स्पेन र लक्जेम्वर्ग पोहोरसम्म १८७ देश घुम्न जान मिल्ने भएकाले पाँचौं नम्बरमा थिए।
यो वर्ष पाँचौंमा डेनमार्क र अस्ट्रिया ९१८७ देश० छन्। अस्ट्रिया पोहोरसम्म १८५ देश मात्र जान मिल्ने हुनाले सातौंमा थियो।
छैठौंमा स्विडेन, फ्रान्स, पोर्चुगल, नेदरल्यान्ड्स र आयरल्यान्ड ९१८६ देश० छ। पोहोर पोर्चुगल, नेदरल्यान्ड्स, आयरल्यान्ड १८५ देशसहित सातौंमा थिए।
यसपालि सातौंमा स्विट्जरल्यान्ड, युके, अमेरिका, नर्वे, बेल्जियम र न्युजिल्यान्ड ९१८५ देश० परेका छन्। यसमा पनि केही देश आठौं स्थानबाट उक्लेका छन् भने न्युजिल्यान्ड पोहोर नवौं स्थानमा थियो।
आठौंमा ग्रिस, माल्टा, चेक रिपब्लिक र अस्ट्रेलिया ९१८४ देश० परेका छन्।
नवौंमा क्यानडा ९१८३ देश० यथावत् छ भने र दसौंमा हंगेरी ९१८१ देश० छ।
नेपाल भने सबभन्दा खराबको सूचीमा परेको छ। ४० भन्दा कम देश जान मिल्ने सुविधा भएका भनेर खराबमा यी देश राखिएका हुन्।
सूचीको १०३ नम्बरमा उत्तर कोरिया छ जसको पासपोर्टले ३९ देश जान मिल्छ। यसको ठीक तल १०४ नम्बरमा नेपाल र लिबिया छ जसबाट ३८ देश जान मिल्ने सिएनएनले लेखेको छ।
यसपछि क्रमशः प्यालेस्टाइनी क्षेत्र ९३७ देश०, सोमालिया र यमन ९३३०, पाकिस्तान ९३२०, सिरिया ९२९०, इराक ९२८० र अफगानिस्तान ९२६ देश० छन्। अफगानिस्तान सूचीको ११० औं स्थानमा छ।