धनगढी, पुष २९/ कञ्चनपुर प्रहरीले लागु औषधसहित ३ जनालाइ पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा १४ ग्राम ४ सय २० मिलीग्राम लागु औषध खैरो हिरोईनसहित भीमदत्त नगरपालिका १८ बस्ने २५ वर्षीय नरेश दमाइलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बैतडीको दशरथ चन्द नगरपालिका ४ घर भएका दमाइलाइ पक्राउ गरि अनुसन्धान भइरहेको जानकारी दिए।
यस्तै खैरो हिरोईन जस्तो पदार्थ ३ ग्राम २ सय ४० मिली ग्राम सहित थप २ जनालाइ पनि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए।
पक्राउ पर्नेमा बेदकोट नगरपालिका ९ बस्ने बर्ष ३० वर्षीय भिमबहादुर बिष्ट र २७ वर्षीय हिक्मत बिष्ट रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए।
लालपुरबाट पक्राउ गरिएका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
