धनगढी, पुष २४/ धनगढी विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षार्थ नेपाल प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको छ।
संघीय प्रहरी इकाइ कार्यालय धनगढीमा स्थापना गरिएको कुकुर शाखामा रहेका राजा र रानी नाम दिइएका कुकुर प्रयोग गरिएको हो।
धनगढी विमानस्थलमा चेकजाँचका लागि ‘राजारानी’ को प्रयोग गरिएको प्रहरीले जनाएको छ।
नेकपा विभाजन भएपछि ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली श्री एयरलाइन्सको विमान मार्फत धनगढी आइरहेका छन्।