धनगढी, २२ पुस/ सुदूरपश्चिम प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओली समुहका सात जना सासंद हिँडेरै मुख्यमन्त्री कार्यालय पुगेर आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराको राजीनामा पत्र बुझाएका छन् ।
मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरि पदबाट राजीनामा दिएको घोषणा गरेका बोहराको राजीनामा पत्र बुझाउन पुर्व मन्त्री पठानसिह बोहरा, प्रदेशसभा सदस्य नेपालु चौधरी, लिलाधर भट्ट, रतन थापा, महेशदत्त जोशी र ग्याल्बु बोहरा मुख्यमन्त्री कार्यालय पुगेका हुन ।
मुख्यमन्त्री त्रिलोचन भट्टद्धारा मन्त्री बोहराले पदबाट दिएको राजनीनामा स्वीकृत भईसकेको छ ।
